News Portal

सिरियामा इस्लामिक स्टेटको हमलामा २०० सयको मृत्यु

हिमाली संचार संवाददाता
५४५ पटक

बीबीसी  – सिरिया सरकारको नियन्त्रण रहेको दक्षिण पश्चिमी इलाकामा इस्लामिक स्टेटका लडाकूको श्रृङ्खलाबद्ध हमलामा परी कम्तीमा पनि दुई सय १५ को मृत्यु भएको स्थानीय अधिकारी र मानवाधिकार समूहले बताएका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार इलाकाको मुख्य शहर स्वीदामा ५० भन्दा बढिको मृत्यु भएको छ । इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त हमलामा मृतकको संख्या दुईसय बढि हुनसक्ने विभिन्न संचार माध्यमले बताएका छन् ।

खबरका अनुसार हमलापछि शहरको पूर्वी हिस्सामा सरकार र चरमपन्थीबीच दोहोरो गोलीबारी भएको छ ।

सिरियाको सरकारले देशको दक्षिणी हिस्सामा बिद्रोहीको कब्जा भएको इलाकालाई पुनः नियन्त्रणमा लिनका लागि रुसको मद्दतमा हालै कारवाही सुरु गरेको थियो ।

संवाददाताका अनुसार इस्लामिक स्टेटको ताजा हमला, सरकारको नियन्त्रण भएको इलाकामा केही महिना यता अहिलेसम्मको सबैभन्दा ठूलो हमला हो ।

ब्रिटेनस्थित सिरियन अब्जरवेटरी फर ह्यूमन राइट्ले यो हमलामा कम्तीमा एक सय १४ जनाको मृत्यु भएको जसमध्ये ४० सर्वसाधारणबाहेक धेरैजसो सरकारका समर्थक लडाकु भएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रका अनुसार यो इलाकामा हिंसाका कारण कम्तीमा दुई लाख ७० हजार पलायन भइसकेको छन् ।

.

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...