News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • संघर्ष र सफलता चित्रित “मायाको संसार” सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ५७१ पटक

    झापा– पारिवारिक वियोग, सशस्त्र द्वन्द्व, एकल महिलाको संघर्ष र सफलतालाई समेटिएको नेपाली डकुमेन्ट्री फिल्म मायाको संसार साउन १५ गते सार्वजनिक भएको छ । इलामकी मायादेवी भण्डारी भट्टराईको वास्तविक जीवनकथालाई ४७ मिनेटको डकुमेन्ट्रीमा अटाएर कथाकार रामप्रसाद ढुंगेलले पत्रकारिताका साथमा नेपाली डकुमेन्ट्री फिल्डमा राम्रो सम्भावना देखाएका छन् ।

    नेपालमा माओवादीले चलाएको सशस्त्र द्वन्द्वले नेपाली जनजीवनमा पारेको असर र त्यसले उत्पन्न गरेको पारिवारिक वियोग, एकल महिलाले गर्नुपरेको संघर्ष र संघर्षपछिको सफलतालाई सिलसिलेबार प्रस्तुत गरिएको मायाको संसारले एउटा पारिवारिक जीवनको करिब १५ वर्षको अन्तरालमा आएका उतारचढावलाई देखाएको छ ।

    इलामको सामाजिक, राजनीतिक, व्यावसायिक जीवनमा परिचित व्याक्तित्व माया भट्टराईका वास्तविक जीवनकथालाई ३ वर्षको रिसर्च, ३ दिनको सुटिङ र ३ महिनाको सम्पादनमा सार्वजनिक गर्न सफल भएको यसका परिकल्पनाकार तथा लेखक ढुंगेलले बताएका छन् । डकुमेन्ट्री हेर्न लायक बनेको छ । केही प्राविधिक त्रुटि भए पनि मार्मिक कथा तथा दृश्यले दर्शकलाई रुवाउने अवस्था फिल्माङ्कन गरिएको छ । डकुमेन्ट्रीमा वास्तविक क्रियाकलाप, पात्र, बाइट र संवाद राखिएको छ ।

    गत वैशाख ७ गतेकै दिन सुटिङ प्रारम्भ गरिएको यस डकुमेन्ट्री विर्तामोडको समृद्धि फोटो भिडियाे सेन्टरले उत्पादन गरेको हो । यसको छायांकन र सम्पादनमा सिनेमाटोग्राफर देवेन्द्र निरौलाको योगदान रहेको छ । युएईको राजपरिवारमा करिब १० वर्ष भिडियोग्राफी गरेर भर्खर नेपाल फर्किएका निरौला समृद्धि फोटो भिडियो सेन्टरका संस्थापक/प्रमोटर पनि हुन् ।

    हरि बस्नेत डिके को निर्देशन रहेको यो डकुमेन्ट्रीकाे सम्पादन रामप्रसाद ढुंगेल, देवेन्द्र निरौला, मिलन संग्रौला, हरि बस्नेत र पुर्णप्रसाद ढुंगेलले गरेका हुन् । सन्देश कार्कीले ध्वनि नियन्त्रकका रुपमा काम गरेका छन् भने रिचा उप्रेतीको भोइस ओभर रहेको छ । नेपाल पत्रकार महासंघ युएई शाखाका सहसचिव रहेका ढुंगेलले यस अगाडि योगदान रास्ट्रको लागि शीर्षकमा एक डकुमेन्ट्री तयार पारेका थिए ।

    समृद्धि टिभी नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको मायाको संसार बिद्या चापागाईंको हेर्ने कथाबाट प्रभावित छ । यसले उठान गरेको विषयबस्तु दरिलो छ । यो डकुमेन्ट्री हेरेर यसको दरिलो पक्ष नै मार्मिकता, कलात्मकता, प्रस्तुतीकरण र सन्देशमुलक रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । यो लिन्क्मा डकुमेन्ट्री हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज फाल्गुन २७, २०८१ (मार्च ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चू,...

    एनआरएनएको एकता महाधिवेशन आगामी मे २०२५ भित्र सम्पन्न गर्नैपर्ने

    काठमाडौँ। नेपाल सरकारको माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गत ७ मार्च २०२५ (तदनुसार, २०८१...

    अब एटीएममै बैंकका कर्मचारीको सम्पर्क नम्बर उपलब्ध

    फाल्गुन २६, काठमाडौं – अब एटीएमबाट पैसा झिक्दा कुनै समस्या आएमा सो बैंकका कर्मचारीको नाम...

    गोकर्णेश्वरमा महिलाको शव फेला, चार जनाले मिलेर बागमतीमा फालेको स्वीकार

    फाल्गुन २६, काठमाडौँ – गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती नदीमा एक महिलाको शव फेला परेको घटनामा...

    कोरियन जस्तो छाला प्राप्त गर्नका लागि घरेलु उपायहरू

    कोरियन जस्तो चम्किलो र स्वस्थ छाला प्राप्त गर्नका लागि न केवल स्किनकेयर प्रोडक्ट्स, तर घरेलु...