News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनको निर्वाचनमा विश्वभर धाँधली, जापानमा चुनाव, भारतमा भोटर

    हिमालीसंचार संवाददाता
    २५८ पटक

    टोकियो – गैरआवासीय नेपालीहरूको संगठन एनआरएनए जापानको दशौँ अधिवेशनको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग गरिएको छ। अटोमेटिक कम्प्युटर सेटिङबाट धाँधली गरिएको आरोप लगाउँदै विश्वासिलो आईटी विज्ञसमेत राखी छानबिनपश्चात् बास्तविक यथार्थ बाहिर ल्याउन माग गरिएपछि उक्त रहस्य बाहिरिएको हो।

    जापानमा ३ हजार ६ सय १५ नक्कली भोट हालिएको प्रारम्भिक अध्ययनबाट देखिएको बताइन्छ। जापानमा ओलम्पिक चलिरहेको बेला हिजो शुक्रवार जापानी समयअनुसार बिहान १० बजेदेखि साँझ ८ बजेसम्म भएको निर्वाचनमा मतदानको दुरुपयोग गरिएको हो। एउटै कम्युटरबाट ६ सय ८३ भन्दा बढी भोट हालेको र जापानमा बसोबास गर्ने नेपालीले गर्नुपर्ने मतदान अन्य देशबाट समेत मतदान गरिएको देखिएको छ।

    हिमालीसंचारलाई प्राप्त विवरणअनुसार जापानमा भएको र जापानस्थित मतदाताले गरेको भनिएको मतदानमा भारतको उडिसाबाट ४ सय २ भोट, काठमाडौंबाट २ सय ६३ भोट, पोखराबाट ११ मतदान गरिएको देखिन्छ।

    कम्प्युटरमा नक्कली सिस्टम जडान गरेर मतदाताको अभिमतलाई रद्ध गरी आफू अनुकूल परिणाम ल्याउन प्रविधिको दुरुपयोग गरेको देखिएको छ। मतदानमा प्रयोग भएको कम्प्युटरको आईपी नम्बर चेक गर्दा एउटै कम्युटरबाट १० देखि ६ सय ८३ भोटसम्म हालेको पाइयो।

    यस्तै, जापानको फुकुओका शहरबाट १ हजार १८, ओसाकाबाट ४ सय ८८, आइचीबाट १ सय ११, चिबाबाट ३४,टोकियोबाट १ हजार ५४ गरी कूल ३ हजार ६ सय १५ भोट कम्प्युटरमा सेटिङ मिलाएर हालिएको प्रमाण समेत फेला परेपछि जापानमा भएको एनआरएनएको अधिवेशन चर्को विवादमा तानिएको छ।

    निर्वाचन समितिले पहिल्यै विवादमा आएको १ हजार ७ सय भोटको पुनः परीक्षण पनि नगरिएको र जुलाई ३० तारिख मतदाताहरूलाई मतदानको निम्ति पठाउनुपर्ने मेसेजमध्ये १ हजार १ सय जनालाई मेसेज समेत नपठाएको पाइएको छ। यी सबै कार्यले जापानमा भएको एनआरएनएको निर्वाचनमा आयोजक पक्षले खराब नियत राखी पूर्वयोजनाअनुसार प्रविधिको दुरुपयोग गरेको जापानबाट प्राप्त जानकारीमा उल्लेख छ।

    निर्वाचनमा भएको धाँधलीविरुद्ध ३० जना आईसीसी सदस्य तथा विभिन्न पदका उम्मेदवारहरूले सामूहिक रुपमा पेश गरेको उजुरीमा स्वस्थ प्रतिस्पर्धा हुन नदिई एनआरएनए जापानमा पहिलेदेखि मौलाएको आर्थिक हिनामिना, अपचलन, भ्रस्टाचार र अपारदर्शीता निरन्तरताको निम्ति षड्यन्त्रपूर्ण निर्वाचनको परिणामविधि निकालिएको आरोप छ। पूर्णरुपमा नियोजित, गैरकानुनी, ढाँट र छलपूर्वक गरिएको निर्वाचन र अध्यक्षमण्डलबाट हिजो भएको निर्वाचनको सम्पूर्ण प्रक्रियाको विश्वासिलो छानबिन गर्न माग गरिएको छ।

    निवेदनमा नियोजित कथित निर्वाचन एउटा धोका भएको र बिहारीशैलीमा गरिएको मजाक बाहेक अरु केहि नभएको उल्लेख छ। आइसीसी सदस्य डा.बलराम श्रेष्ठ, रामहरि पुडासैनी, अध्यक्षका उम्मेदवार अनिता गुरुङ, अर्का अध्यक्ष उम्मेदवार दिनेशकुमार बस्नेत, किरण बर्मा, सरोज खत्रीलगायत ३० जनाले हालेको उजुरीसँगै अवैध तरिकाले आयोजित मतदान प्रक्रिया र परिणामवारे सप्रमाण उल्लेख गरिएको छ। निवेदनसँगै प्रारम्भिक प्रतिवेदन, ३ हजार ६ सय १५ भोटको आइपी नम्बर, त्यसको कम्प्युटर डिटेलको १६ पेजसमेत संलग्न गरिएको देखिएको छ।

    उजुरीकर्ताले निर्वाचन समितिका डा.नेत्र भण्डारी, अनुगमन समितिका संयोजक एवम् एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट, आईसीसी एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठलगायत विभिन्न जिम्मेवारीमा रहेका १३ जनालाई निर्वाचनमा भएको धाँधली र अनियमितताको बारेमा बोधार्थ दिएको छ।

    प्रतिकृया दिनुहोस्

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...