News Portal

प्रतिष्ठान अध्यक्ष रमेश बिजी दुर्गेश थापाबिरुद्ध राज्य र गुगललाई उजुरी दिने तयारीमा

हिमालीसंचार संवाददाता
४७१ पटक

काठमाडौं।
गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ। गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ। विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो।

‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ। केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको बेवास्ता गर्दै दुर्गेशले गीत ल्याएको भन्दै आपत्ति जनाएको हो।

दुर्गेशले गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ हटाउन दुर्गेशलाई ध्यानाकर्षण पत्रसमेत काटेको थियो। पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने प्रतिष्ठानले दुर्गेशलाई भनेको थियो। तर, दुर्गेशले उक्त शब्द नहटाइ गीत बाहिर ल्याएका छन्।

प्रतिष्ठानले गरेको पटक पटकको अनुरोध दुर्गेशले बेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए। ‘गीत ल्याउने हल्ला चले लगत्तै हामीले मौखिक तथा पत्र मार्फत पनि दुर्गेशलाई अनुरोध गरेका थियाे। गीतमा भल्गारिटी नल्याउन, तीज हाम्रो संस्कृति हो भनेर पनि भनेका थियाे’ प्रतिष्ठानका अध्यक्ष बिजीले भने ‘दुर्गेशले व्यक्तिगत रुपमा मैले चर्चा कमाएको छु। राज्यले त केही गरेको छैन। संघसंस्थाले के गर्न सक्छ भन्दै हाम्रो अनुरोध टेर्नुभएन।’

प्रतिष्ठानको क्षेत्राधिकारभित्र यस्ता गीतलाई छेक्ने अधिकार नभएको समेत बताएका अध्यक्ष बिजीले प्रतिष्ठानले संस्थाबाट उनलाई हटाएर कुनै पनि क्रियाकलाप सहभागी नगराउन निर्णयसमेत गर्न लागेको जानकारी दिए।

‘दुर्गेशको विषयमा हामी आइतबार बैठक बस्दैछौँ। बैठकमा दुर्गेशविरुद्ध राज्यलाई कारबाहीको माग र गुगललाई गीत हटाउन अनुरोधसम्मको निर्णय हुनेछ।’ आइतबारको बैठकका लागि प्रतिष्ठानका पूर्वअध्यक्षसँग समेत छलफल भएको जानकारी दिएका अध्यक्ष बिजीले दुर्गेशको क्रियाकलापको बिषयमा महिला दिदीबहिनी पनि उत्रिनुपर्ने बताए।

बिजीले थपे ‘महिला दिदीबहिनीले दुर्गेशबिरुद्ध उत्रिएर उनलाई अव यस्तो कार्य गर्नका हतोत्साहित गर्नुपर्छ। नत्र दुर्गेशको यस्ता क्रियाकलाप रोकिँदैन।’ आइतबारको बैठकमा प्रतिष्ठानले गर्न मिल्ने कारबाही गर्ने नमिलेको बिषयमा राज्य र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरिने बिजीले जानकारी गराए। जुलाई २३ मा रिलिज भएको गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...