News Portal

  • प्रतिष्ठान अध्यक्ष रमेश बिजी दुर्गेश थापाबिरुद्ध राज्य र गुगललाई उजुरी दिने तयारीमा

    हिमालीसंचार संवाददाता
    ४२४ पटक

    काठमाडौं।
    गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ। गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ। विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो।

    ‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ। केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको बेवास्ता गर्दै दुर्गेशले गीत ल्याएको भन्दै आपत्ति जनाएको हो।

    दुर्गेशले गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ हटाउन दुर्गेशलाई ध्यानाकर्षण पत्रसमेत काटेको थियो। पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने प्रतिष्ठानले दुर्गेशलाई भनेको थियो। तर, दुर्गेशले उक्त शब्द नहटाइ गीत बाहिर ल्याएका छन्।

    प्रतिष्ठानले गरेको पटक पटकको अनुरोध दुर्गेशले बेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए। ‘गीत ल्याउने हल्ला चले लगत्तै हामीले मौखिक तथा पत्र मार्फत पनि दुर्गेशलाई अनुरोध गरेका थियाे। गीतमा भल्गारिटी नल्याउन, तीज हाम्रो संस्कृति हो भनेर पनि भनेका थियाे’ प्रतिष्ठानका अध्यक्ष बिजीले भने ‘दुर्गेशले व्यक्तिगत रुपमा मैले चर्चा कमाएको छु। राज्यले त केही गरेको छैन। संघसंस्थाले के गर्न सक्छ भन्दै हाम्रो अनुरोध टेर्नुभएन।’

    प्रतिष्ठानको क्षेत्राधिकारभित्र यस्ता गीतलाई छेक्ने अधिकार नभएको समेत बताएका अध्यक्ष बिजीले प्रतिष्ठानले संस्थाबाट उनलाई हटाएर कुनै पनि क्रियाकलाप सहभागी नगराउन निर्णयसमेत गर्न लागेको जानकारी दिए।

    ‘दुर्गेशको विषयमा हामी आइतबार बैठक बस्दैछौँ। बैठकमा दुर्गेशविरुद्ध राज्यलाई कारबाहीको माग र गुगललाई गीत हटाउन अनुरोधसम्मको निर्णय हुनेछ।’ आइतबारको बैठकका लागि प्रतिष्ठानका पूर्वअध्यक्षसँग समेत छलफल भएको जानकारी दिएका अध्यक्ष बिजीले दुर्गेशको क्रियाकलापको बिषयमा महिला दिदीबहिनी पनि उत्रिनुपर्ने बताए।

    बिजीले थपे ‘महिला दिदीबहिनीले दुर्गेशबिरुद्ध उत्रिएर उनलाई अव यस्तो कार्य गर्नका हतोत्साहित गर्नुपर्छ। नत्र दुर्गेशको यस्ता क्रियाकलाप रोकिँदैन।’ आइतबारको बैठकमा प्रतिष्ठानले गर्न मिल्ने कारबाही गर्ने नमिलेको बिषयमा राज्य र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरिने बिजीले जानकारी गराए। जुलाई २३ मा रिलिज भएको गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...