News Portal

एनआरएनए मकाउको ७ औं अधिवेशनको तयारी पुरा, निर्वाचन समिति घोषणा

हिमालीसंचार संवाददाता
७४९ पटक

मकाउ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मकाउको मौजुदा कार्यसमितिले आगामी जुलाई १८ तारिख २०२१ हुन लागेको सातौ राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा महाधिवेशनका लागि ३ सदस्यीय निर्वाचन समितिको घोषणा समेत गरेको छ।

गत जुन ११ तारिख २०२१ बसेको संधको ३७ औ बैठकको निर्णय अनुसार ३ तीन सदस्य निर्वाचन समिति गठन गरेको हो । निर्वाचन आयुक्तमा गैरआवासीय नेपाली संध, राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष सुदर्शन थापा मगर, निर्वाचन सदस्य खम्बा राज केसी र निर्वाचन सदस्य युवा राज न्यौपाने चयन गरेको हो ।

गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद् मकाउको जुलाई ४ तारिख सम्ममा राष्ट्रिय समन्वय परिषद मकाउमा पंजीकृत आवेदन ८ सय २४ जनाले दिएका मध्ये ७ सय १५ जनाको मात्र स्वीकृत भएको थियो । त्यस्तै, २ सय २५ जनाको निवेदन ड्राफमा रहेको छ । संधको ७३ जना नया सदस्य रहेका छन्, ४ जनाको निवेदन पेन्डिङ रहेको छ भने ३२ जनाको निवेदन अस्वीकृत भएको संधका अध्यक्ष पूर्णबहादुर गुरुङले हिमालीसंचार डटकमलाई जानकारी दिए।   

संधको बैठक गत जुलाई १० तारिख २०२१ शनिवार सनमालो रोष्टुरेन्टमा १७:०० बजे बसेको थियो । बैठकले पञ्जिकित सदस्य शुल्क साथै आई.सी.सी. पठाउने बारेमा समेत निर्णय गरेको छ। गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद मकाउको ७ औ अधिवेशन आगामी जुलाई १८ तारिख लेनमार्क होटल मकाउ स्थित हुने निश्चत भएको समेत संधका अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...