News Portal

सप्तकोशी नदीको बहाव उच्च, २९ ढोका खोलियो तराईमा सतर्क रहन आग्रह

“विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढ्ने र तटीय क्षेत्रमा जोखिम” बाढी पूर्वानुमान महाशाखा

हिमालीसंचार संवाददाता
५५५ पटक

सुनसरी – केही दिन देखि उच्च पहाडहरुमा अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको कारणले तराई क्षेत्रमा उच्च जोखिम, सप्तकोशी व्यारेजको २९ वटा ढोका समेत खुल्ला गरिएको छ।

सप्तकोशी ब्यारेज कन्ट्रोल रुमले आज बिहान ८ बजेको मापन अनुसार २ लाख २२ हजार ७ सय ७५ क्युसेक पानीको बहाव रहेको जनाएको छ । पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजमा खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

गए रातिदेखि बहाव बढ्यो, कोसी ब्यारेज कन्ट्रोल रुमका एक अधिकारीले भने अहिले ५६ ढोका मध्ये २९ ढोका खुल्ला गरिएको छ । उनका अनुसार यो वर्षकै उच्च पानीको बहाव आज बिहान ८ बजे मापन गरिएको बताए । 

पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले अझै पानीको बहाव अझै बढ्न सक्ने बताइएको छ । यसै गरी बाढी पूर्वानुमान महाशाखाका अनुसार गए राति भएको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

नदी तथा खोलाहरूमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ । इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, होचो तराईका विभिन्न ठाउँमा डुबान हुन सक्ने भएकाले हिमालीसंचार डटकमसंग कुरा गर्दै ब्यारेज कन्ट्रोल रुमका एक अधिकारीले सतर्क रहन सर्वसाधरण समक्ष आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस्

मानव ओसारपोसार मुद्दामा कुवेतमा कार्यरत जीवन परियारमाथि(भुसाल) पक्राउ पुर्जी जारी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...