News Portal

सप्तकोशी नदीको बहाव उच्च, २९ ढोका खोलियो तराईमा सतर्क रहन आग्रह

“विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढ्ने र तटीय क्षेत्रमा जोखिम” बाढी पूर्वानुमान महाशाखा

हिमालीसंचार संवाददाता
५८६ पटक

सुनसरी – केही दिन देखि उच्च पहाडहरुमा अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको कारणले तराई क्षेत्रमा उच्च जोखिम, सप्तकोशी व्यारेजको २९ वटा ढोका समेत खुल्ला गरिएको छ।

सप्तकोशी ब्यारेज कन्ट्रोल रुमले आज बिहान ८ बजेको मापन अनुसार २ लाख २२ हजार ७ सय ७५ क्युसेक पानीको बहाव रहेको जनाएको छ । पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजमा खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

गए रातिदेखि बहाव बढ्यो, कोसी ब्यारेज कन्ट्रोल रुमका एक अधिकारीले भने अहिले ५६ ढोका मध्ये २९ ढोका खुल्ला गरिएको छ । उनका अनुसार यो वर्षकै उच्च पानीको बहाव आज बिहान ८ बजे मापन गरिएको बताए । 

पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले अझै पानीको बहाव अझै बढ्न सक्ने बताइएको छ । यसै गरी बाढी पूर्वानुमान महाशाखाका अनुसार गए राति भएको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

नदी तथा खोलाहरूमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ । इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, होचो तराईका विभिन्न ठाउँमा डुबान हुन सक्ने भएकाले हिमालीसंचार डटकमसंग कुरा गर्दै ब्यारेज कन्ट्रोल रुमका एक अधिकारीले सतर्क रहन सर्वसाधरण समक्ष आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...