राज मल्ल
कुवेत – कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.क.को मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।
घरेलुकामदारको रुपमा करिव ७ महिना पहिला कुवेत आएकि फुलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भइ जिलिव पुगेर कामको खोजिमा बसेको जनाइएको छ ।
फुलमायाको पोष्टमाटम रिपोटमा करेन्ट लागेर मृत्यू भएको जनाइएपनि आफै लगाएको वा लागेको भन्ने वारे केही खुलेको छैन ।
दूतावास कुवेतमा प्रथम सचिब तथा सुचना अधिकारी भोगेन्द्र लिंगदेनका अनुसार मृतकको परिवार सम्पर्कमा आइसकेको र जति सक्दो सव नेपाल पठाउने तयारी रहेको बताएका छन।