News Portal

कोरोना भ्याक्सिन पुर्याउन हिँडेकी महिला मृत

हिमालीसंचार संवाददाता
९०१ पटक

धनगढी।
डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ। शनिबार परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो।

यही असार २ गते जमरानी स्वास्थ्य केन्द्रकी कार्यालय सहयोगी धामी जोगबुढा अस्पतालमा बचेको खोप पुर्याउन गएकाबेला सम्पर्क बिहीन भएकी थिइन्। घरपरिवारले अस्मितालाई फोन गरे तर फोन ‘स्विच अफ’ आयो। तर अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भएपनि कोभिडको खोप लगाउने अभियानका कारण एकदिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भएपनि घर पुग्ने गर्थिन्।

सोही कारण उनी आफन्तको घरमा बसिन कि भन्ने लागेर परिवारले त्यो दिन खासै मतलब गरेन्। त्यसपछि हराएको आशंका गर्दै असार ४ गते स्थानीय सोधी–खोजीमा निस्किए। जोगबुढादेखि जमरानीसम्मको बाटोमा १०/१५ जनाको टोली बनाएर खोजियो। तर उनको अत्तोपत्तो भएन। दोसो दिन असार ५ गते १५० जना भन्दा बढीको टोलीले पुरै जंगल हुँदै सबै बाटातिर खोजतलास गर्न थाले।

सोही क्रममा बिहान १०ः३० बजेतिर हट्वानी सामुदायिक वनको बाटोबाट ५० मिटर पर उनको शव फेला पर्यो। वडाध्यक्ष गोविन्द बोहराका अनुसार शवभन्दा वरै उनको एउटा चप्पल भेटिएको थियो। मुखको मास्क फालिएको, नजिकै उनले बोकेको कोरोना खोपको क्यारियर थियो। घटनास्थलसम्म उनीलाई जबरजस्ती घिसालेर लगेको छाप त्यहाँ देखीएको थियो।

उनको नाकको डाँडी भाचिएको जस्तो देखिन्थ्यो। शरीरभरी निलडाम र हातका चुरा पनि फुटेका थिए’ वडाअध्यक्ष गोविन्द बोहराले भने, ‘शव नजिकै एउटा ‘ब्लू डायमन्ड’(रक्सी)को खालि बोत्तल पनि फेला परेको थियो। त्यसैले उनीमाथि बलात्कार भएर हत्या गरिएको हो कि भन्ने हाम्रो आशंका छ।’ अस्मिताको शव पोष्टमार्टमका लागि डडेल्धुरास्थित जोगबुडा अस्पतालमा राखिएको छ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली र संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा अर्को टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसपी योगेन्द्र थापाले जानकारी दिए।

दुवै टोली आइतबार बिहान धनगढीबाट घटनास्थल डडेल्धुराको जोगबुडा गई आसपासका क्षेत्रमा घटनामा संग्लग्नको खोजी तलासी सुरु गरिसकेको एसपी थापाले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...