News Portal

  • फरवर्डले धरानको वीपी प्रतिष्ठानलाई ५० थान अक्सिजन सिलिण्डर प्रदान

    हिमालीसंचार संवाददाता
    २८० पटक

    धरान – पुर्वाञ्चल सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग प्रदान गरेको छ ।

    नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५० थान सिलिण्डर आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी छिन् । उनले संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा प्रतिष्ठानलाई सिलिण्डर सहयोग गरेको बताइन् । कोरोना महामारीको विषम परिस्थितिमा अक्सिजन नपाएर सर्वसाधारण जनताको मृत्यु भइरहेको कारण संस्थानले सहयोग गरेको बताईन । प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भएपनि यहाँ उपचारमा धेरै विरामीहरु आउने र उनीहरुले उचित सेवा पाउन् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर उपलब्ध गराएको चौधरीको भनाई छ ।

    चौधरीको अनुसार विराट मेडिकल शिक्षण अस्पताललाई पनि संस्थाले २ वटा अक्सिजन मनिटर गर्ने मेशिन उपलब्ध गराउने भएको छ भने कोशी अस्पतालले पनि २, ३ सय सिलिण्डर माग गरेको तर बजारमा सिलिण्डर अभाव रहेको उनले बताइन् । ‘पश्चिममा पनि आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गर्ने तयारी भइरहेको छ । करिब ५० लाख जतिको सामग्रीहरु सामाजिक उत्तरदायित्व फण्डबाट सहयोग गछौं,’उनले भनिन् । 

    प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले सहयोगको लागि आभार प्रकट गर्दै सबै अक्सिजन सिलिण्डर कोभिड १९ अस्पतालमा प्रयोग गर्ने बताए । उनले भने,‘हामीसँग प्लान्ट पनि छ । अक्सिजन कमी हुन दिदैनौं । हामी संग १ सय बेड क्षमताको अस्पतालमा अपुग नहोस् भनेर सबै उपायहरु अपनाएको समेत बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...