News Portal

सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु 

हिमालीसंचार संवाददाता
५३४ पटक

विप्लव महर्जन
सल्यान – सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो।

रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि कोरोना पोजिटिभ देखिएको थियो। अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमा बसेका थिए। यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जिल्ला अस्पताल सल्यानका क्लिनिकल ईन्चार्ज भीमकान्त जैसीले बताए।

उनका अनुसार जिल्लाभित्र २२ र बाहिर चार जनाको मृत्यु भएको छ। जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ९ सयभन्दा बढी संक्रमित भएका छन्। जसमध्ये झन्डै ६ सय होम आइसोलेसनमा छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...