News Portal

ओली सरकार ढलेसँगै नेपाल-खनाल समूहका २८ नेताविरुद्ध सूर्य थापाले भने ‘पाखण्डीपन’

हिमालीसंचार संवाददाता
५३४ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा स्वकीय सचिव सूर्य थापा आक्रोशित बनेका छन्। सोमबार ओलीले मागेको विश्वासको मतमा पक्षमा ९३ भोट खसेको थियो भने विपक्षमा १२४ भोट खसेको थियो भने १५ जना तटस्थ बसेका थिए।

मतदानको अन्तिम नतिजा बाहिरिएको केही मिनेटमै सामाजिक सञ्जाल फेसबुकमा आक्रोस पोख्दै थापाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले पाखण्डीपन देखाएको आरोप लगाएका छन्।

उनले नेपाल-खनाल समूहका २८ जना नेताको नामावली जारी गर्दै लेखेका छन् -‘केही मान्छेहरूको जिन्दगी विरोधाभाषले भरिएको र रोचक पाइन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विरोधमा उकास्छन्, तथानाम बोल्छन्, अहोरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताको आँसु पनि झार्दै तिनैले वार्ता गरेका कलविहीन नाटक पनि गरेका देखिन्छन् ! सायद यस्तैलाई पाखण्डीपन भनिन्छ होला ?’

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...