News Portal

प्रधानमन्त्रीले व्यापारिक घरानालाई पोस्न नेपाली जनताको जीवन दाउमा लगाउनुभयो : देउवा

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यापारिक घरानालाई पोस्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको जीवन दाउमा लगाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत आफूलाई रहेको प्रस्ताव प्रतिधिसभामा पेस गरेपछि बोल्दै देउवाले कोरोना भाइरस नियन्त्रणका लागि ल्याएको औषधि र खोपमा भएको भ्रष्टाचारलाई लिएर प्रश्न उठाएका हुन्।

‘जनताका लागि अक्सिजन व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले भाषणको आत्मरतिमा रमाउने?,’ देउवाको प्रश्न थियो। उनले गत वर्ष स्यानीटाइजर र पीपीई खरिदमा भ्रष्टाचार भएको र अहिले कोरोना भाइरसविरुद्धको खोपमा कमिसनको खेल भएको बताए।

प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणमा चासो नराखेको भन्दै देउवाले भने, ‘व्यापारिक घरानालाई पोस्न नेपाली जनताको जीवन दाउमा लगाउनुभयो।’

जनताका लागि अक्सिनको व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले सबै कुरा ठीक छ भन्नु नसुहाउने देउवाको भनाइ थियो। उनले प्रधानमन्त्री आत्मरतिमा रमाइरहेको पनि आरोप लगाएका छन्।कोरोनाको दोस्रो लहर आइसकेपछि निर्माण पूरा नभइसकेको धरहरा उद्घाटन गर्न प्रधानमन्त्रीले नै भीड जम्मा गरेको देउवाको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...