News Portal

  • बिचौलियाले रोके कोरोना खोप

    हिमालीसंचार संवाददाता
    ३१२ पटक

    दीपक रिजाल,
    काठमाडौंं – कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोना विरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ।

    सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप ल्याउन नसक्नुमा बिचौलिया विजय दुगड र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी श्रीमती रितु वैद्य बाधक रहेको बताइएको छ।

    हुकुम इन्टरप्राइजेजको वित्तीय व्यवस्थापन हेर्ने गरी साझेदारी गरेकी वैद्यले श्रीमान् सुरज वैद्यलाई प्रयोग गरी प्रधानमन्त्री र प्रधानमन्त्री निकटका मानिसलाई दबाब दिएर कमिसन खानका लागि नेपाल आउने खोपमा रोक लगाएको नयाँ तथ्य बाहिर आएको छ।

    सरकारको खोप अभियानअन्तर्गत भारतले १० लाख र चीन सरकारले ८ लाख मात्रा अनुदानमा दिएको र भारतबाट खरिद गरेको गरी झन्डै २४ लाख मात्रा खोप जनतालाई लगाइसकिएको छ तर खरिद गरिसकेको बाँकी खोप नआउँदा सरकारको खोप अभियानमै बाधा परेको छ।

    नेपालमा औषधि माफिया भनेर चिनिएका हुकुम इन्टरप्राइजेजका मालिक विजय दुगडले आफूहरू कोभिसिल्ड उत्पादन गर्ने सेरम इन्स्टिच्युट भारतको स्थानीय एजेन्ट भएकाले सरकारले खरिद गरेको कोभिसिल्ड खोपमा आफूहरूले कमिसन पाउनुपर्ने माग राख्दै आयात गर्न बाधा पुर्याएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

    खरिद गरेको बाँकी खोप पठाइदिन नेपाल सरकारले पटकपटक आग्रह गरेको भए पनि नेपाली बिचौलियाको दौडधुपका कारण भारत सरकार र सेरम इन्स्टिच्युटले समेत नेपाललाई खोप दिन आलटाल गरेको बताइएको छ।

    भारतीय नागरिकसमेत रहेकी रितु वैद्य र विजय दुगडले कोरोनाविरुद्धको खोप नेपाल ल्याउने प्रक्रियामा अवरोध गरेपछि अहिले नेपाली नागरिकले आफू ठगिएको महसुस गरेका छन्।

    भारतबाट खरिद गर्ने खोपका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीबीच कुरा नमिल्नुमा बिचौलिया हावी भएको बताइएको छ। सरकारले जीटूजी प्रक्रियाबाट खोप खरिद गरे पनि त्यसको कमिसन आफूहरूले पाउनुपर्ने दाबी गर्दै स्वास्थ्य मन्त्रालयलाई दबाब दिँदै आएको बताइएको छ।

    बिचौलिया दुगड र वैद्यले सेरम इन्स्टिच्युटबाट नेपाल सरकारलाई पत्र लेखाएर खोप सोही कम्पनीमार्फत नेपाल ल्याउन दबाब दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। अहिले खोप खरिद प्रक्रियालाई लिएर प्रधानमन्त्री र मन्त्रीबीचको मनमुटाव हुनुमा बिचौलिया दुगड र वैद्य प्रमुख कारण रहेको बताइएको छ।

    नेपाल सरकारले सेरम इन्स्टिच्युटलाई खोप नेपाल ल्याउनका लागि १ अर्ब रुपियाँ बैना दिएको भए पनि बिचौलियका कारण समयमा खोप नआएपछि अहिले नेपाली जनता खोप लगाउनबाट वञ्चित भएका छन्।

    नेपाल सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप ल्याउने र उक्त खोप ल्याउन सम्भव नभए अन्य देशबाट खोप ल्याउने गरी त्यसको समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मा दिएको भएपनि बिचौलियाको दबाब कारण मन्त्रालयसमेत निरीह भएको छ।

    सरकारले कोभिसिल्डबाहेक रसियाको स्पुतनिक–भी र चीनको भेरोसेल खोप खरिद गर्ने भनेर प्रक्रिया अगाडि बढाएको भए पनि प्रधानमन्त्री ओलीको दबाबका कारण ती कम्पनीको खोप पनि अब नेपाल नआउने भएको छ।

    प्रधानमन्त्री निकट मानिएका सुरज वैद्यले कोभिसिल्ड नै खरिद गर्नुपर्ने दबाब दिएका कारण अन्य कम्पनीको खोप नेपाल नआउने भएको हो। कमिसनका लागि जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने बिचौलियामाथि कारबाही हुनुपर्ने माग चौतर्फी रूपमा उठेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...