News Portal

रंगेली नगरपालिकामा १७ जनामा कोरोना संक्रमित पुष्टि, भारतीय सिमान खुल्ला हुदा उच्च जोखिम

हिमालीसंचार संवाददाता
३८९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर चलेयता गत सोमवारसम्म रंगेली नगरपालिका भित्र १७ जना कोरोना संक्रमित भेटिएका छन । 

नगरमा ३० बर्ष देखि ७८ बर्ष सम्मको कोरोना संक्रमित बिरामीहरु रहेका छन ।  अहिलेसम्म रंगेली नगरपालिका भित्र वडा नं. १ मा ३ जना, वडा नं.  २ मा ६ जना,  वडा नं. ३ मा १ जना, वडा नं. ४ मा २ जना, वडा नं. ५ मा २ जना, वडा नं. ७ मा २ जना र  वडा नं. ९ मा १ जना कोरोना संक्रमित रहेका छन्। त्यस्तै, १ जना निको भएर घर समेत फर्कि सकेका छन। बाँकी बिरामीहरु होम आईसुलेशनमा उपचार गराई रहेको र सबै स्वास्थ्य अवस्था सामान्य रहेको रंगेली स्वास्थ्य शाख प्रमुख ब्रजेश मेह्ताले बताए।

कोरोनाको संक्रमण दोस्रो लहरसंगै उच्च जोखिम रहेता पनि रंगेली नगरपालिकाले  भने  कोरोना नियन्त्रणका बिषयमा कुनै कदम चालेको देखिदैन। एक सात अगाडी सिएमसीको बैठकमा तिरुपति बालाजि मंन्दिरमा १ सय बेडको आईसोलेशन राखिने निर्माण भएता पनि अहिलेसम्म कुनै चासो देखाएको छैन । नेपाल सरकारले विवाह पाटीहरुमा २५ जना भन्दा बढी भेला नहुन आग्रह गरेको भए पनी मोरङको सिमावर्ती क्षेत्रका रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालिकामा भने विवहा भोज, पास्नी जस्ता कार्यक्रम समेत हुदै आएको छ । 

विवहामा भारतका आफन्तहरुको उल्लेख्य सहभागी समेत हुने गरेको पाईएको छ। नगरपालिकाहरुले आफ्ना नगर भित्र विवहामा २५ जना भन्दा कम उपस्थितिका लागि कडाइ नगर्दा कोरोना संक्रमित समेत बढ्ने, सिमावर्ती क्षेत्रका गाउँघरमा समेत कोरोना उच्च जोखिम रहेको छ। भारतबाट आउने यात्रुको निगरानी नगरे भयावह अवस्था आउन सक्ने समेत देखिन्छ । 

भारतबाट पछिल्लो समयमा भारतीय नागरिकहरु नेपालको  सिमावर्ती क्षेत्रका वजारमा आउने गरेकाले कोरोना फैलिन सक्ने भन्दै स्थानीय त्रसित रहेका छन्। जनसंख्या कार्यालय मोरङका अनुसार चैत्र यता १९ हजार १ सय ९५ जनाको कोरोना परीक्षण गरिएकोमध्ये ३ हजार ६ सय ८३ जना संक्रमित भएका छन्। जस मध्ये २ सय ९६ जनाले मात्र स्वास्थ्यलाभ लिएका छन्। 

प्रदेश १ मा पहिलो र दोस्रो लहर गरि जम्मा २ लाख ४५ हजार ४१२ जनाको परीक्षण गरिएकोमा ३३ हजार ९ सय ४१ जना संक्रमित भएका छन् । जसमध्ये प्रदेश १ मा सोमवारसम्म ५ सय ७ जनाको मृत्यु भईसकेको छ ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...