News Portal

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनलाइन ओपिडी सुरू गर्‍यो

प्रतिष्ठानको सम्पर्क नं. “९८०२७९४७३७” सम्पर्क गरेर नाम दर्ता गर्न सकिन्छ”

हिमालीसंचार संवाददाता
३४५ पटक

धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनलाइन ओपिडी सञ्चालन गरेको छ। प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनले तीन दिनदेखि अनलाइन ओपिडी सेवा दिन थालेको हो।

प्रतिष्ठानका डाक्टर सञ्जीवकुमार शर्माका अनुसार लकडाउन वा निषेधाज्ञाको समयमा बिरामीहरू अस्पतालसम्म आउन नसक्ने हुनाले अनलाइन एपमार्फत् उनीहरूको सेवा दिन थालिएको हो। अस्पतालको मोबाइल नम्बर ९८०२७९४७३७ सम्पर्क गरेर नाम टिपाउन भनेको छ। 

लकडाउनका समयमा जुनसुकै रोगका बिरामीले पनि यो नम्बरमा फोन गरेर आफ्नो नाम दर्ता गर्न सक्ने छन्। कोरोना महामरीको गाम्भीर्यतालाई मध्यनजर गर्दै वीपी प्रतिष्ठानले धरानको डिपार्टमेन्ट अफ मेडिसिनद्वारा सञ्चालित टेलीमेडिसिन कार्यक्रममार्फत् मुटु, मिर्गौला, प्रेसर, सुगर, फोक्सो, बाथसँगै कोरोनासम्बन्धी जानकारी सुझाव प्राप्त गर्नका लागि डाक्टर एवम् प्राविधिकहरूसँग सिधै आफ्ना समस्या राख्न तलको नम्बरमा ह्वाट्सअप, भाइबर, इमो वा फेसबुकमा सम्पर्क गर्न अनुरोध गर्दछौं,’ उक्त विभागले गरेको सर्वजनिक सूचनामा उल्लेख गरिएको छ।

डा. शर्माका अनुसार मानिसहरूले आफूलाई कुनै पनि स्वास्थ्य समस्या आए उल्लेखित नम्बरमा फोन गरेर नम्बर टिपाउन सक्ने छन्। त्यसरी नम्बर टिप्न एकजना नर्स र अर्का कर्मचारी खटाइएको शर्माले बताए। उनीहरूले बिरामीका समस्या सुन्छन् त्यसपछि सम्बन्धित डाक्टरको समय मिलाइदिन्छन्। आफूलाई तोकिएको समयमा बिरामीले आफ्ना समस्या पहिलेका रिपोर्ट अनलाइनमै देखाउन सक्छन्।

‘कोरोनाका कारण अरू समस्या भएका बिरामी अप्ठ्यरोमा परे उनीहरूको समस्या समाधान गर्न पोहोर साल पनि हामीले यस्तै सेवा (टेलिमेडिसिन सेवा)  संचालन गरेका थियौं। यसलाई अनलाइन ओपिडी सेवा भने पनि हुन्छ,’ डाक्टर शर्माले भने, ‘यसपाली पनि लकडाउन भएपछि बिरामीलाई समस्या हुने देखेर यो सेवा सुरू गरेका हौं।’ उनका अनुसार यो सेवा लिँदा कुनै पनि प्रकारको शुल्क लाग्दैन।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...