News Portal

  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनलाइन ओपिडी सुरू गर्‍यो

    प्रतिष्ठानको सम्पर्क नं. “९८०२७९४७३७” सम्पर्क गरेर नाम दर्ता गर्न सकिन्छ”

    हिमालीसंचार संवाददाता
    २८५ पटक

    धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनलाइन ओपिडी सञ्चालन गरेको छ। प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनले तीन दिनदेखि अनलाइन ओपिडी सेवा दिन थालेको हो।

    प्रतिष्ठानका डाक्टर सञ्जीवकुमार शर्माका अनुसार लकडाउन वा निषेधाज्ञाको समयमा बिरामीहरू अस्पतालसम्म आउन नसक्ने हुनाले अनलाइन एपमार्फत् उनीहरूको सेवा दिन थालिएको हो। अस्पतालको मोबाइल नम्बर ९८०२७९४७३७ सम्पर्क गरेर नाम टिपाउन भनेको छ। 

    लकडाउनका समयमा जुनसुकै रोगका बिरामीले पनि यो नम्बरमा फोन गरेर आफ्नो नाम दर्ता गर्न सक्ने छन्। कोरोना महामरीको गाम्भीर्यतालाई मध्यनजर गर्दै वीपी प्रतिष्ठानले धरानको डिपार्टमेन्ट अफ मेडिसिनद्वारा सञ्चालित टेलीमेडिसिन कार्यक्रममार्फत् मुटु, मिर्गौला, प्रेसर, सुगर, फोक्सो, बाथसँगै कोरोनासम्बन्धी जानकारी सुझाव प्राप्त गर्नका लागि डाक्टर एवम् प्राविधिकहरूसँग सिधै आफ्ना समस्या राख्न तलको नम्बरमा ह्वाट्सअप, भाइबर, इमो वा फेसबुकमा सम्पर्क गर्न अनुरोध गर्दछौं,’ उक्त विभागले गरेको सर्वजनिक सूचनामा उल्लेख गरिएको छ।

    डा. शर्माका अनुसार मानिसहरूले आफूलाई कुनै पनि स्वास्थ्य समस्या आए उल्लेखित नम्बरमा फोन गरेर नम्बर टिपाउन सक्ने छन्। त्यसरी नम्बर टिप्न एकजना नर्स र अर्का कर्मचारी खटाइएको शर्माले बताए। उनीहरूले बिरामीका समस्या सुन्छन् त्यसपछि सम्बन्धित डाक्टरको समय मिलाइदिन्छन्। आफूलाई तोकिएको समयमा बिरामीले आफ्ना समस्या पहिलेका रिपोर्ट अनलाइनमै देखाउन सक्छन्।

    ‘कोरोनाका कारण अरू समस्या भएका बिरामी अप्ठ्यरोमा परे उनीहरूको समस्या समाधान गर्न पोहोर साल पनि हामीले यस्तै सेवा (टेलिमेडिसिन सेवा)  संचालन गरेका थियौं। यसलाई अनलाइन ओपिडी सेवा भने पनि हुन्छ,’ डाक्टर शर्माले भने, ‘यसपाली पनि लकडाउन भएपछि बिरामीलाई समस्या हुने देखेर यो सेवा सुरू गरेका हौं।’ उनका अनुसार यो सेवा लिँदा कुनै पनि प्रकारको शुल्क लाग्दैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...