News Portal

व्यवसायी महासंघको अध्यक्षमा कांग्रेस निकटका रवि सिंह विजयी

हिमाली संचार संवाददाता
७७७ पटक

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघमा नेपाली कांग्रेसले अध्यक्ष सहितका बहुमत पदमा जित हासिल गरेको छ ।

काठमाडौंमा शनिबार मध्यराति सम्पन्न मतपरिणामअनुसार नेपाली कांग्रेस निकटका रवि सिंह अध्यक्षमा विजयी भएका हुन् । सिंहले ५४६ मतसहित भारि मतले विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अध्यक्षमा उम्मेदवार बनेका यक्षध्वज कार्कीले ३५३ मत पाएर नराम्रोसँग पराजित भएका छन् । अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका थिए ।

महासचिवमा पूर्वएमाले निकटका रोशन दाहालले विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा राप्रपा (प्रजातान्त्रिक)का निकोलस पाण्डेले जितेका छन् । निकोलस पूर्वमन्त्री विक्रमबहादुर पाण्डेका छोरा हुन् । पाण्डेले झिनो मतअन्तरले विजयी भएका छन् ।

कोषाध्यक्षमा कांग्रेस निकटका हिरण श्रेष्ठ विजयी भएका छन् । सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएकी छिन् । उपमहासविचमा नरहरि थपलिया र टंक चौलागाइँले जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको सात प्रदेशबाट एक–एकजना उपाध्यक्ष विजयी भएका छन् । प्रदेश १ को उपाध्यक्षमा धिरेन्द्र दाहाल, प्रदेश २ मा सुरेन्द्रप्रसाद सिंह, प्रदेश ३ मा पेम्वा लामा, प्रदेश ४ मा राजेन्द्र पहाडी, प्रदेश ५ मा टोपबहादुर रायमाझी, प्रदेश ६ मा रत्नबहादुर खड्का र प्रदेश ७ माप्रकाश सेठी उपाध्यक्षमा विजयी भएका छन् ।

५९ सदस्यीय महासंघको कार्यसमितिमा ५४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ५ जना केन्द्रीय सदस्य पछि अध्यक्षले थप गरेर कार्यसमितिलाई पूर्णता दिनेछन् ।

प्रतिकृया दिनुहोस्

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...