News Portal

वीपी प्रतिष्ठान धरानको विशेष अपिल: अत्यावश्यक बाहेक अस्पताल नआउनुस

“ कोरोनाको संक्रमित बढ्यो भने ओपिडी बन्द हुन सक्छ”

हिमालीसंचार संवाददाता
३१२ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण नियमित सेवा समेत अबरुद्ध हुने अवस्था भएकोले अत्यावश्यक बाहेक अस्पताल नआउन अपिल गरेको छ । 

वीपी प्रतिष्ठानका निर्देशक प्रा.डा.गौरीशंकर साहले हिजो एक अपील सार्वजनिक गर्दै महामारीको दोस्रो लहर प्रकोप नियन्त्रण नहुँदासम्म सबैले कोरोना कहरको रोकथामको सुरक्षा उपायहरु अवलम्बन गरी अत्यावश्यक काम नपरी अस्पताल नआउन अपील गरेका हुन् ।

कोरोना महामारीको दोस्रो लहर विशेष गरेर छिमेकी राष्ट्र भारतमा तहस-नहस भएसँग प्रतिष्ठानमा दैनिकरुपमा कोरोना संक्रमितका विरामीहरु अस्पताल आउने क्रम दर द्रुत गतिमा बढ्दै गइरहेका हुनाले प्रतिष्ठानले सो अपील गरेको हो ।

प्रतिष्ठानस्थित कोभिड-१९ अस्पतालमा जटिल किसिमका विरामीहरु भर्ना गरेर उपचार गराउनुपर्ने अवस्था बढ्दै गएको हुदा प्रतिष्ठानका निर्देशक डा.साहले सो जानकारी दिदै विशेष अपील गरेका हुन्।

कोरोना महामारीको बाध्यात्मक अवस्थाले पुर्याएको असहजता बुझिदिन प्रतिष्ठानले सम्बन्धित सबैमा आग्रह गरेको छन् । कोभिडको दोस्रो लहरको असर नेपालमा क्रमिक रुपमा बढ्दै गएपछि अस्पतालमा कोभिड-१९ उपचार सेवा थप विस्तार गर्नुपरेमा आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगन गर्नुपर्ने अवस्था आउनसक्ने प्रतिष्ठानले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...