News Portal

मोरङमा नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वारा माक्स वितरण

हिमालीसंचार संवाददाता
४३२ पटक

रबिन्द्र  बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला मोरङको रंगेलीमा पनि ११ जना कोरोना संक्रमित फेला परेको छ ।

भरतको सिमावर्ती नजिकैमा रहेको रंगेली, कर्सिया, डाईनियाँ, रतुवामाई, कटहरी  लगायतका क्षेत्र तथा हाट बजारमा अझै पनि स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्ने गरेका छन। सर्जिकल माक्स कोरोना भाइरसबाट जोगिने एउटा उपयुक्त साधन भएका कारण स्वास्थ्यकर्मीहरुले मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।

मास्क नलगाई हिड्नेहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ का ट्राफिक कार्यालय मोरङको संयुक्त टोलीले रंगेली , कर्सिया, डाईनियाँ, रतुवामाई, कटहरी  लगायतका क्षेत्रमा  एकै समयमा  जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दे  सर्जिकल मास्क  वितरण गरेका छन् । 

विश्वभर फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सवारी चालक तथा पैदल यात्रुहरुलाई अनिवार्य मास्क लगाउन जनचेतना मुलक अभियान थालेका हुन् । प्रहरीको संयुक्त टोलीले रंगोलीको मुख्य बजार ,कर्सियाको बजार कदमाह बजारमा  पुगेर यात्रुहरु तथा आम सर्वसाधरणहरुलाई मास्क लगाउन अनुरोध गरिएका  थिए ।

रंगेली आसपासमा जोखिम हुने भएका कारण मास्क नलगाउनेहरुलाई मास्क अनिवार्य रुपमा मास्क लगाउनका लागि जनचेतना मुलक सन्देश प्रवाह गरिएको थियो ।   कर्सिया ट्राफिक चेक पोष्टले समेत दकमाह, दादरबैरिया र कर्सिया चेकमा समेत वडाअध्यक्ष रोशन राजवंशी, ट्राफिकका धमेन्द्र यादव,  रंगेलीका ट्राफिक इन्चार्च निलमणि पोख्रेल लगायदले माक्स वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...