News Portal

मोरङमा नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वारा माक्स वितरण

हिमालीसंचार संवाददाता
३९३ पटक

रबिन्द्र  बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला मोरङको रंगेलीमा पनि ११ जना कोरोना संक्रमित फेला परेको छ ।

भरतको सिमावर्ती नजिकैमा रहेको रंगेली, कर्सिया, डाईनियाँ, रतुवामाई, कटहरी  लगायतका क्षेत्र तथा हाट बजारमा अझै पनि स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्ने गरेका छन। सर्जिकल माक्स कोरोना भाइरसबाट जोगिने एउटा उपयुक्त साधन भएका कारण स्वास्थ्यकर्मीहरुले मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।

मास्क नलगाई हिड्नेहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ का ट्राफिक कार्यालय मोरङको संयुक्त टोलीले रंगेली , कर्सिया, डाईनियाँ, रतुवामाई, कटहरी  लगायतका क्षेत्रमा  एकै समयमा  जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दे  सर्जिकल मास्क  वितरण गरेका छन् । 

विश्वभर फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सवारी चालक तथा पैदल यात्रुहरुलाई अनिवार्य मास्क लगाउन जनचेतना मुलक अभियान थालेका हुन् । प्रहरीको संयुक्त टोलीले रंगोलीको मुख्य बजार ,कर्सियाको बजार कदमाह बजारमा  पुगेर यात्रुहरु तथा आम सर्वसाधरणहरुलाई मास्क लगाउन अनुरोध गरिएका  थिए ।

रंगेली आसपासमा जोखिम हुने भएका कारण मास्क नलगाउनेहरुलाई मास्क अनिवार्य रुपमा मास्क लगाउनका लागि जनचेतना मुलक सन्देश प्रवाह गरिएको थियो ।   कर्सिया ट्राफिक चेक पोष्टले समेत दकमाह, दादरबैरिया र कर्सिया चेकमा समेत वडाअध्यक्ष रोशन राजवंशी, ट्राफिकका धमेन्द्र यादव,  रंगेलीका ट्राफिक इन्चार्च निलमणि पोख्रेल लगायदले माक्स वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...