रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ९ स्थित सखुवाथानमा पचपैनीको निर्माणकार्य सुरु भएको ७ बर्ष बितिसक्दा समेत उक्त कामले गति लिन सकेको छैन । नेपाल सरकार तथा प्रदेश सरकारले सो क्षेत्रका कृषकहरुको खेतमा सिचाइ पुर्याउने उदेश्यले सुरु गरेको आयोजनाले अझै गति लिन सकेको छैन । नगरपालिका मुख दर्शक भइरहेको छ।
सम्बन्धित निकायाको निगरानी नहुदा ठेक्केदारको लापरबाहीका कारण उक्त योजना अलपत्र परेको हो। सो क्षेत्रमा रहेको सयौ बिघा खेतीयोग्य जग्गामा बर्षौदेखि कृषकहरु आकाशको पानीको भरमा खेति गर्ने बाध्य रहेका छन । पछिल्लो समयमा उक्त पचपैनी निर्माणकार्य सुरु भएपछि त्यस भेगका कृषकहरु अब सिचाइको लागि आकासको भर नपर्नु पर्ने भन्दै खुशिले दङ्ग भएका थिए ।
पचपैनीको निर्माणकार्यले अझै गति नलिदा कृषकहरु निराश भएका छन् । उक्त पचपैनी निर्माण नगर्दा सो पैनी छेउछाउमा बर्षौदेखि बस्दै आएका १५ घर परिवार समेत उच्च जोखिममा परेका छन् । वर्षाको समयमा बाढी भेलका कारण सो क्षेत्रमा रहेको घरहरु समेत उच्च जोखिममा रहेको स्थानीय पन्च चौधरीले बताए।
उक्त योजनाका बारम्बार ठेक्केदार कम्पनीहरुलाई आफुहरुको घर जोखिममा रहेको र उक्त पचपैनी चाडैं निर्माणकार्य गर्ने बारम्बार जानकारी गराउदा समेत बेवास्ता गरेको रोशन लाल चौधरीले बताए।
पुर्वाञ्चल सिचाइ डिभिजन २ नम्बर सुनसरीबाट पहिलो पटक याकथुमहाङ्ज एण्ड वीपी कन्ट्रक्सन जेभी लाहानलाई पचपैनी निर्माणका लागि ३ करोडौं ७७ लाख५४ हजार ८ सय ९७ रुपैयाँमा ठेक्का दिएको थियो। उक्त काम २०७१ मंसिर २३ ठेक्का पाएको र २०७२ माघ २२ निर्माणकार्य सम्पन्न गरेर सरकारलाई जिम्मा लगाई सक्नुपर्ने सम्झौता भएको थियो । कन्ट्रक्सनले भने विभिन्न बहाना बनाउदै जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिचाइ विकास डिभिजन कार्यलय बिराटनगरमा निवेदन दिएपछि सो कम्पनीलाई पहिलो पटक २०७३ साउन २१ गतेदेखि २०७४ असार १५ सम्मका लागि म्याद थप गरेको थियो ।
अबधिमा समेत काम सम्पन्न नगरेपछि पुनः कम्पनीलाई विभाग २०७५ असार २५ गतेदेखि २०७६ असार २५ गते सम्म काम सम्पन्न गर्ने म्याद थप समेत गरेको थियो । यसरी बारम्बार समय थप गर्दे ७ बर्ष बितिसक्दा समेत काम नसक्ने ठेक्केदरालाई नेपाल सरकारले कार्वाही नगर्दा ठेक्केदारको मनपरिका कारण सो योजनाको काम अलपत्र रहेको छ ।
ठेकेदारले १ करोडौं ६७ लाख २३ हजार ६ सय ७५ रुपैयाँ काम गरेको रकम निकासा गरिसकेको छ । बारम्बार यसरी ठेक्केदारहरुलाई काम गर्ने म्याद थप गर्दा समेत निर्माणकार्य समय अबधि मै निर्माण सम्पन्न नगर्दा विभागीय कार्वाही गर्ने भने सकेको छैन ।
वीपी जेभिका प्रमुख बैजनाथ झाका अनुसार आफुहरुले ५० प्रतिशत काम सम्पन्न गरि सकेको र आफूहरुलाई शुरुको अबस्थामा सो ठाउँमा काम गर्ने समस्या भएको कारणले समय अबधिमा काम गर्ने नसकिएको भन्दै पच्छिन समेत खोजेका छन ।
रंगेली नगरपालिकाले आफ्नो नगर भित्र समेत यसरी ७ बर्ष देखि अलपत्र छाडेको योजना समेत फर्केर नहेर्दा कृषकहरु भने स्थानीय सरकार छ कि छैन भन्दै आक्रोश पोखी रहेका छन? अहिलेसम्म कुनै प्रतिनिधिहरु समेत सो योजनाको अवलोकन गर्ने नआउदा स्थानीय आक्रोशित भएका छन । सो बिषयमा नगरपालिकाले चासो लिन पर्ने देखिन्छ ।