News Portal

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना

हिमालीसंचार संवाददाता
४२१ पटक

खोटाङ – कोभिड–१९ संक्रमितलाई लक्ष्यित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने सक्ने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।

नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलव्ध गराउन मिल्नेगरी आइसोलेसन सेन्टर निर्माण गरेको हो । कोभिड–१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेसन सेन्टर निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यकारी अधिकृत टेकनाथ दाहाललले जानकारी दिए । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैशाख १३ गते बसेको बैठकको निर्णय अनुसार नेपाली सेनाले नगरपालिकाले उपलव्ध गराएको सामग्रीबाट दुई दिन लगाएर आइसोलेसन सेन्टर तयार पारेको  प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

हाल बेड मात्र राखिएको आइसोसेलन सेन्टरमा तत्काल अक्सिजन सिलिण्डरको राखी व्यवस्थित गरिने नगरप्रमुख दिपनारायण रिजालले बताए । 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...