News Portal

रेशम चौधरीको मुद्दा फिर्ता हुन सक्दैन : महान्यायाधिवक्ता बडाल

हिमालीसंचार संवाददाता
४०६ पटक

काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन्। वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ। तर जसपाले माग गरेबमोजिम रेशम चौधरीको मुद्दा भने फिर्ता भएको छैन।

किन फिर्ता हुन सकेन रेशम चौधरीको मुद्दा, तपाईंले सरकारलाई दिनुभएको राय के थियो ? भन्ने अनलाइनखबरको प्रश्नमा महान्यायाधिवक्ता रमेश बडालले भने, ‘रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन सक्दैन। सरकारलाई मैले दिने राय यही हो र छ।’

थरुहट आन्दोलन चलिरहेका बेला ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। उक्त घटनाका मुख्य योजनाकार रेशम चौधरी भएको ठहर गर्दै उनीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनाएको थियो।

३ पुस २०७७ मा उच्च अदालत, दिपायलले रेशमको जन्मकैदलाई सदर गर्‍यो। यसविरुद्ध परेको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता हुन नसक्ने महान्यायाधिवक्ता बडालले बताए।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ को (८) मा अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नसकिने उल्लेख छ। ‘पुनरावेदन, साधक जाँच वा पुनरावलोकनको रोहमा वा मुद्दा दोहोर्‍याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन सकिने छैन।’

रेशम चौधरीको मुद्दा न्यायिक प्रक्रियामा रहेकाले सोही प्रक्रियाबाट टुङ्गिनेमा आफूहरु विश्वस्त रहेको जसपाका नेता सुरेन्द्र झाले बताए। ‘न्यायिक प्रक्रियामा छ। हामी न्यायको खोजीमा छौं। न्याय पाउँछौं भन्ने छ। जनताबाट निर्वाचित भएर सांसद भइसकेको मान्छेले न्याय पाउँछन् भन्ने छ’ उनले भने।

झाले अघि भने, ‘टीकापुरको विषय अहिले उठाएकै छैन। फिर्ता लिन मिल्नेलाई फिर्ता लिन भनेका हौं। रेशम चौधरीको मुद्दा अहिले हेरेकै छैन। हामीले भनेको सरकारले रेशम चौधरीको मुद्दा अगाडि बढाउन, प्रमाण जुटाइदेयोस् भन्ने हो।’ अपेक्षा विपरीत निर्णय आएको खण्डमा आममाफीमा जान सकिने र सरकारले त्यसमा सहयोग गरिदिने पनि आफूहरुको विश्वास रहेको उनले सुनाए।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...