News Portal

रतुवामाई नगरपालिकामा कोरोना नियन्त्रणका लागि एक साता विद्यालय बन्द, सिमा-नाकामा आवात जावतमा कडाई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२३ पटक

मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाले बढ्दो कोरोना भाईरस नियन्त्रणका लागि एक हप्ताका लागि नगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । रतुवामाई नगरपालिकामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले नगरभित्रका सबै विद्यालय बैशाख १४ गतेदेखि बैशाख २० गतेसम्म बन्द गर्ने निणर्य गरेको हो ।  

रतुवामाई बासीको स्वास्थ्य सुरक्षाको लागि जनस्वास्थ्य सम्बन्धि मापदण्ड कडाईका साथ लागु गराउने र टोलटोलमा कोरोना रोकथाम सम्बन्धि जनचेतनामुलक माइकिङ गरिने भएको छ । बैठकले सार्वजनिक स्थानमा भिड नगर्न, अनिवार्य मास्क तथा सेनिटाईजरको प्रयोग गर्न अनुरोध गर्दै नियमको उल्लघन गरे नियम अनुसार सुरक्षाकर्मीद्धारा अनुगमन गरी कारवाही गरिने बताइएको छ। त्यस्तै, कोरोना नियन्त्रणका लागि नगरपालिकाले सिमानाकामा आवातमा कडाई गर्ने भएको छ । 

बिहे बर्तवन्ध, धार्मिक तथा साँस्कृतिक कार्यक्रम, सभा सम्मेलन आदि क्रियाकलापको लागि नेपाल सरकारले तोकेको संख्यामा भन्दा बढी भेला नहुने गरी सम्पन्न गर्न गराउने कार्य कडाईका साथ पालना गर्नका लागि निर्णय समेत गरेको छ । 

झुर्कियामा रहेको नगर अस्पताल भित्र रहेको अस्थायी कोभिड अस्पतालबाट १५ शैय्या सम्मको उपचार लागि थप व्यवस्थित गर्ने  नगरप्रमुख रविन राईले बताए ।

प्रतिकृया दिनुहोस्

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...