News Portal

  • दिक्तेल र बुईपा जोड्ने छोटो सडक खण्डमा बस सेवा सुरु

    हिमालीसंचार संवाददाता
    २३३ पटक

    खोटाङ – दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा वस सेवा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

    दिक्तेलबाट बुईपा पुग्ने दोश्रो तथा छोटो सडक खण्डमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कबाट बाम्राङ–डल्लेदोभान–दम्कु हुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा पुग्ने दोश्रो तथा छोटो बाटोमा वस सेवा सुरु गरिएको हो ।

    आइतबार रत्नपार्कमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले रिवन काटेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा–गाईघाट बस सेवा संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

    दिक्तेलबाट नुनथला–महुरे–बुईपा हुँदै उदयपुरको गाईघाट सम्म संचालन थियो। अव दिक्तेलबाट सिधै बाम्राङ हुँदै बुईपा पुगेर गाईघाट पुग्न सकिने वातावरण बनेको छ । बाम्राङ र बुईपाका स्थानीयको मागका आधारमा यातायात व्यवसायीसँग सहकार्य गरेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक खण्डमा बस सेवा सुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए ।

    बाम्राङ र बुईपातर्फबाट सडक जोडिएको केही समयपछि रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा बस संचालन गरिएको हो। नगरपालिकाको सहयोगमा जेसिभि लगाएर सडकको चौडाई बढाएर सवारी साधन संचालनमा ल्याइएको हो । रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा पहिलोपल्ट बस तथा जीप संचालन हुदा स्थानीय लाभान्वित भएका हुन् ।

    दिक्तेलको रत्नपार्कबाट दैनिक दिउँसो ४ वजे बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा हुंदै गाईघाटका लागि बस छुटाउने तयारी गरेको यातायात व्यवसायीले बताएका छन् । दिक्तेलबाट नुनथला–महुरे हुँदै बुईपा पुग्नुभन्दा दिक्तेलबाट बाम्राङ हुँदै बुईपा पुग्नु छोटो दुरी पर्ने भएको हुदा खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

    दिक्तेलबाट नुनथला–महुरे हुँदै हलेसी तुवाचुङ नगरपालिकाको विजुले पुग्ने गरिएकामा दिक्तेलबाट बाम्राङ–बुईपा हुँदै विजुले पुग्ने दोश्रो बाटो पनि संचालन भएको छ । 

    ठेकेदारको लापरवाहीका कारण सडकको काम पुरा नहुँदै विचैमा अलपत्र परिरहेको सडक आगामी दिनमा दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक स्तरोन्नतीका लागि संबन्धित निकायासंग पहल गर्ने मेयर रिजालले प्रतिवद्धता जनाए।

    यस्तै, दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक खण्डमा पर्ने डल्लेदोभानमा मोटरेबल पुल निर्माणका लागि नगरपालिकाले डिपिआर तयार भइ सकेको छ । ‘यही सडकमा पर्ने डल्लेखोलामा पुल निर्माणका लागि डिपिआर तयारी रहेको छ,’ मेयर रिजालले भने, ‘३ करोड ८८ लाखन्दा बढिको लागत स्टीमेट आएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २ गतेको राशिफल

    आज साउन २, २०८२ (जुलाई १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

    काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा...

    मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

    काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा...

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...