News Portal

  • कोरोना महामारीको लकडाउनपछि पहिलो पटक नेपाली नागरिक मकाउ फर्किए

    “पहिलो पटक १० जना नेपाली नागरिक मकाउ फर्किए, ८ औ उडान मार्फत मकाउबाट नेपाली नागरिक स्वदेश फिर्ता”

    हिमालीसंचार संवाददाता
    ४९४ पटक

    मकाउ – कोरोना भाइरस नियन्त्रण गर्न मकाउ सरकारले हवाई उडानमा कडाई गरेका कारण विगत धेरै लामो समयदेखि नेपाल छुट्टीमा गएका नेपालीहरु लकडाउनका कारण मकाउ फर्कन सकिरहेका छैनन्। मकाउ स्थित जेल गार्डमा कार्यरत ३ जना नेपाली सहित ७ जना मकाउ आइडी वाहक नेपालीहरु हिमालय एयरलाइन्सको चार्टस विमान मार्फत आज पहिलो पटक १० जना नेपाली मकाउ प्रवेश गरेका छन्।

    हिमालय एयरलाइन्सको चार्टर विमान एच ९-८६६२ मार्फत ३ जना ब्लुकार्ट र ७ जना मकाउ आइडी वाहक नेपाली नागरिक मकाउको स्थानीय समय ४:३० बजे मकाउको अन्तराष्ट्रिय विमान स्थल मकाउ अवतरण गरेका हुन । उनीहरुको मकाउ सरकारले निर्धारण गरेको सुरक्षा मापडण्ड अनुरूप करेन्टाइनका लागि आवश्यक तयारी भइरहेको छ। 

    त्यस्तै, मकाउबाट १५ जना नेपाली नागरिक, ८ जना भारतीय नागरिक, २ जना नेपाली मुलका भूटानी नागरिक र १ जना ब्रिटिश पासपोर्ट वाहक नाबालक सहित २६ जना यात्रुहरु सोही चाटर्स उडान मार्फत मकाउदेखि निर्धारित समय अनुसार ४:४५ बजे काठमाण्डौ लागि जहाज फर्केको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरले हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएका हुन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३०...

    सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो...

    प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

    काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना...

    पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै : परराष्ट्रमन्त्री देउवाको जोड दिगो विकासमा

    पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप...

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको...