News Portal

खोटाङको हलेसी दर्शनका लागि गएको बस दुर्घटना, १ जनाको मृत्यु, २२ घाइते

हिमालीसंचार संवाददाता
६९० पटक

खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना दर्शनार्थी घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अन्दाजी १८ वर्षीय सहचालक अनिल तामाङको धटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको दर्शनार्थी बोकेको बा३ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घट्ना हुँदा तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कनेक्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना भएको थियो । सडकको घुम्ती पुग्न लाग्दा पल्टिएको बस अन्दाजी २० मिटर तल अर्को सडक खण्डमा अड्किएको थियो ।  धटना स्थलमा ९ जना यात्रु गम्भीर घाइते छन।

सामान्य घाईतेहरुलाई स्थानीय स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मीटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरी उद्धारका क्रममा घट्नास्थल पुगेका स्थानीयले बताएका छन् । बसमा चालक र सहचालक सहित ३५ जना सवार थिए।  धटना स्थलमा गम्भीर घाइते भएकालाई उपचारका लागि छिमेकी जिल्ला उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिएका छन 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...