News Portal

हिमालय एयरलाइन्स जहाज दोश्रो पटक मकाउ आउने, मकाउबाट यो संगै आठौ पटक नेपाली नागरिक स्वदेश फिर्ता

हिमालीसंचार संवाददाता
११४७ पटक

मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत दोश्रो पटक आगामी २५ तारिख आइतबार मकाउ – काठमाण्डू सिधा उडान मार्फत नेपाल फर्किने भएका छन्।

हिमालय एयरलाइन्सले चार्टर एजेन्टका लागि हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर लिमिटेड काठमाण्डू र मकाउका लागि नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरसंग सम्पर्क गर्न साथै उडानका लागि सहजकर्ताको रुपमा नेपाल चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष थापा मगरलाई आवश्यक सहयोगका लागि सम्पर्क नम्बर सहित आफ्नो कम्पनीको पेजमा हिमालय एयरलाइन्सले उल्लेख गरेको छ।

एयरलाइन्सको एच ९-८६६२ फ्याइट नम्बरको विमान मकाउ २४ तारिख अवतरण गरेर २५ तारिख विहान काठमाण्डूका लागि उडान भर्ने मकाउ स्थित नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष थापा मगरले हिमाली संचारसंगको कुराकानी जानकारी दिएका छन्। 

मकाउ कारागार विभागका ४ जना सुरक्षाकर्मी नेपाल छुट्टिमा गएका लामो समयपछि मकाउ हेल्थ ब्यूरोले मकाउ प्रवेशमा अनुमति दिएसंगै हिमालय एयरलाइन्सको चाटर्स विमान मार्फत उनीहरु मकाउ आउन लागेका हुन् । त्यस्तै, मकाउको स्थायी परिचयपत्र वाहक ७ जना नेपालीहरुको पनी मकाउ फर्कनका लागि आवश्यक पहल भइरहेको छ। आज साँझ सम्म हेल्थ ब्यूरो मकाउले अनुमति दिए हिमालय एयरलाइन्सको विमान मार्फत उनीहरु मकाउ आउने समेत अध्यक्ष थापाले जानकारी दिए।

त्यस्तै, मकाउबाट नेपाल स्वदेश फर्कन बसेका करिब १ सय नेपाली नागरिक तयारी अबस्थामा रहेको समेत अध्यक्ष थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाले मकाउमा नेपालीहरुका लागि अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेका छन्। समस्यामा रहेका नेपाली नागरिकका लागि आवश्यक सहयोग र परामर्श समेत दिदै आएका छन्।

त्यस्तै, मकाउमा लकडाउनका कारण विगत लामो समयदेखि भारतीय नागरिक आफ्नो देश भारत फर्कन समस्यामा परिरहेका २० जना भारतीय नागरिकलाई नेपाल सरकारसंग आवश्यक पहल गरेर मकाउदेखि काठमाण्डू हुदै (दिल्ली) भारतसम्म छिमेकी राष्ट्र भारतीय नागरिकलाई समेत आवश्यक सहयोग गरेर नेपाल हुदै भारत पठाउन लागिएको अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिए। मकाउमा  नेपाल र भारत दुबै देशको दूतावास छैन।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...