News Portal

हिमालय एयरलाइन्स जहाज दोश्रो पटक मकाउ आउने, मकाउबाट यो संगै आठौ पटक नेपाली नागरिक स्वदेश फिर्ता

हिमालीसंचार संवाददाता
१०९१ पटक

मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत दोश्रो पटक आगामी २५ तारिख आइतबार मकाउ – काठमाण्डू सिधा उडान मार्फत नेपाल फर्किने भएका छन्।

हिमालय एयरलाइन्सले चार्टर एजेन्टका लागि हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर लिमिटेड काठमाण्डू र मकाउका लागि नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरसंग सम्पर्क गर्न साथै उडानका लागि सहजकर्ताको रुपमा नेपाल चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष थापा मगरलाई आवश्यक सहयोगका लागि सम्पर्क नम्बर सहित आफ्नो कम्पनीको पेजमा हिमालय एयरलाइन्सले उल्लेख गरेको छ।

एयरलाइन्सको एच ९-८६६२ फ्याइट नम्बरको विमान मकाउ २४ तारिख अवतरण गरेर २५ तारिख विहान काठमाण्डूका लागि उडान भर्ने मकाउ स्थित नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष थापा मगरले हिमाली संचारसंगको कुराकानी जानकारी दिएका छन्। 

मकाउ कारागार विभागका ४ जना सुरक्षाकर्मी नेपाल छुट्टिमा गएका लामो समयपछि मकाउ हेल्थ ब्यूरोले मकाउ प्रवेशमा अनुमति दिएसंगै हिमालय एयरलाइन्सको चाटर्स विमान मार्फत उनीहरु मकाउ आउन लागेका हुन् । त्यस्तै, मकाउको स्थायी परिचयपत्र वाहक ७ जना नेपालीहरुको पनी मकाउ फर्कनका लागि आवश्यक पहल भइरहेको छ। आज साँझ सम्म हेल्थ ब्यूरो मकाउले अनुमति दिए हिमालय एयरलाइन्सको विमान मार्फत उनीहरु मकाउ आउने समेत अध्यक्ष थापाले जानकारी दिए।

त्यस्तै, मकाउबाट नेपाल स्वदेश फर्कन बसेका करिब १ सय नेपाली नागरिक तयारी अबस्थामा रहेको समेत अध्यक्ष थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाले मकाउमा नेपालीहरुका लागि अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेका छन्। समस्यामा रहेका नेपाली नागरिकका लागि आवश्यक सहयोग र परामर्श समेत दिदै आएका छन्।

त्यस्तै, मकाउमा लकडाउनका कारण विगत लामो समयदेखि भारतीय नागरिक आफ्नो देश भारत फर्कन समस्यामा परिरहेका २० जना भारतीय नागरिकलाई नेपाल सरकारसंग आवश्यक पहल गरेर मकाउदेखि काठमाण्डू हुदै (दिल्ली) भारतसम्म छिमेकी राष्ट्र भारतीय नागरिकलाई समेत आवश्यक सहयोग गरेर नेपाल हुदै भारत पठाउन लागिएको अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिए। मकाउमा  नेपाल र भारत दुबै देशको दूतावास छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...