News Portal

नरसिंह गाउँपालिका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

हिमालीसंचार संवाददाता
३३६ पटक

सुनसरी – सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

भोक्राहा नरसिंह गाँउपालिका वडा नं. ३ का ५४ वर्षीय यादवलाई धरान उपमहानगरपालिका वडा नं. १३ स्थित रहेको डुकु होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त लजको कोठामा युवतीलाई लगेर जबरजस्ती करणी गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय धरानको टोलीले यादवलाई बुधबार पक्राउ गरेको भए पनी आज सार्वजनिक गरेको हो। 

धनकुटा जाने सडक किनारमा रहेको होटलमा उनी युवतीसँगै पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए। अध्यक्ष यादवले काममा लगाइदिने होटलमा खाजा नास्ता गराएका थिए। कोठामा पुगेपछि जबरजस्ती करणी गरेको पीडित युवतीले बताएको थापाले बताए। 

अध्यक्ष यादवलाई जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर हिरासत राखिएको प्रहरीले बताएको छ। 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...