News Portal

  • रंगेली र सुनवर्सी नगरमा कुकुर आतंक, गाँउका खसी बाख्राहरुमा आक्रमण

    हिमालीसंचार संवाददाता
    ५६१ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरको आतंकबाट आतंकित भएका छन । भुसिया कुकुरले गाउँका खसी बाख्रामा आक्रमण समेत गर्न थालेका छन्।

    महिना अगाडिदेखि स्थानीयले आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्राहरुलाई जोगाउन हम्मेहम्मे परिरहेको छ । रंगेली ७ का स्थानीय रामचन्द्र सहनीले पाल्दै आएको एक  माउ बाख्रालाई १५ दिन अगाडि खेतमा चराई रहेको अवस्थामा चारैतिरबाट घेरेर उक्त बाख्रालाई घाइते बनाएर बाख्राको भुँडी नै बाहिर निकालेको रामचन्द्र  सहनीले बताए ।

    उनका अनुसार “बाख्रा निको हुने आसमा आफुले २ हजार रुपैयाँ समेत खर्च गरिसकेको तर बाख्रो भने पैसा मात्रै खर्च भयो तर   बचाउन सकिन ।  स्थानीय  रबनिया ऋषिदेवको पनि एक बर्षको अबधिमा ४ वटा २० केजीको खसी समेत कुकुरको टोकाइबाट उपचार गर्दा गर्दा मरेको दुखेसो पोखे । अब हामीले कसरी खसी बाख्रा पालनपोषण गर्ने भन्दै बिलौना गरिरहेका छन ।

    गाउघरमा खान नपाएर अहिले कुकुरहरु सिकारी भएको र कुकुरले खसी बाख्रा र साना बाछाबाछीलाई समेत टोक्ने गरेको उनले बताए। सुरेन्द्र मंण्डलका अनुसार “आफुले मकै रोप्दा समेत कुकुरहरुले सबै खोस्रिएर बिग्रिएको र पुनः अर्को पल्ट रोप्नु परेको समेत बताए ।  केहिदिन अगाडि बिहानको समयमा आफुले लगाएको मकै बारीमा जादाँ ७ वटा कुकुरले आफुलाई चारैतिरबाट घेरा हालेर झम्टन आएपछि आफुलाई ज्यान जोगाउन समेत मुस्किल भएको उनले बताए । नगरपालिका कुकुरहरुको नियन्त्रण नगरे अबको केही महिनामा भयावह अबस्था आउन सक्ने उनको बुझाई रहेको छ । 

    पछिल्लो समायमा रंगेली बजार क्षेत्रमा समेत भुसिया कुकुरको बिगबिगी रहेको र रातको समयमा १० देखि १५ वटा कुकुरहरु बसपार्क, मुख्य बजार तथा नगरपालिका अगाडि राति ९ बजे देखि बिहान ५ बजे सम्म सडकमै रहने र मोटरसाइकल तथा पैदय यात्रीलाई झम्टने गर्ने गरेको स्थानीयहरु बताउँछन्। त्यसैगरी सुनवर्सी नगरपालिका ४ कासिजानमा समेत साता दिन अगाडि करिब १२ केजी,  २३ केजी, २५ केजी र २० केजीका खसी कुकुरले मारेको स्थानीय जीवन कुमार दासले टेलिफोनबाट जानकारी दिए।

    रंगेली नगरपालिका पशुपंक्षी शाखाका प्रमुख दिपक खतिवडाले भने पछिल्लो समयमा भुसिया कुकुरको टोकाईबाट रंगेली नगरपालिका ३ स्थित रंन्जनिका सोम मरन्डिले घरमा पालेको १ वटा सुँगुर, २ वटा गाई र ३ वटा बाख्रालाई समेत कुकुरले टोकेर बिरामी समेत परेको र केही स्थानीयको भने कुकुरको टोकाईबाट गाई बाख्रा समेत मरेको बताए । उनका अनुसार छिमेकी  रतुवामाई नगरपालिका र पथरी नगरपालिकाले बिगत बर्ष देखि भुसिया कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्धायाकरण गरे पछि अहिले भने सो ठाउँमा कुकुरहरु नियन्त्रणमा आएको उनले बताए ।   

    पछिल्लो समयमा नेपाल सरकार बाटै कुकुरहरु जथाभावी मार्ने नपाईने निर्णय गरेपछि अब रंगेली नगरपालिकाले पनि नयाँ आर्थिक बर्षमा कुकुरको बन्धायाकरणका लागि बजेट छुटिएमा रंगेली नगरपालिका भित्रका भुसिया कुकुरको बन्ध्याकरण गर्न    जरुरी रहेको खतिवडाले बताए।  भुसिया कुकुरहरुको नियन्त्रणका बिषयमा समयमै ध्यान नदिए गाउँपालिका तथा नगरपालिकाले   ठुलो क्षती बेहोर्नु पर्ने देखिन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ६ करोड अपचलनपछि ६ वर्षदेखि फरार सहकारी अध्यक्ष अशोक केसी अन्ततः भक्तपुरबाट पक्राउ

    रुपन्देही, साउन १५ – रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी, जो...

    जनकपुर खुकुरीकाण्ड : एकपछि अर्को ज्यान लिने रामबाबु फेरि प्रहरीको फन्दामा

    जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी...

    ठमेल दोहोरी साँझ झगडा : ‘सानुभाइ’ सहित तीन जनालाई चार दिनको म्याद थप

    काठमाडौं, साउन १५ – राजधानीको पर्यटकीय क्षेत्र ठमेलस्थित ‘नगरकोट दोहोरी साँझ’ मा झगडा मच्चाएको अभियोगमा...

    व्यक्तिगत स्वार्थले पार्टी एकता खल्बलिनु हुँदैन : डा. आरजु राणा देउवा

    पोखरा, साउन १५ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टी...

    पार्टी अनुशासन उलंघनमा कठोर कदम : नेकपा (बहुमत) ले गर्यो दुई नेतालाई निष्कासन

    काठमाडौं, साउन १५ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आन्तरिक अनुशासन उल्लंघन र गुटगत स्वार्थका...