News Portal

संसद अधिवेशन अन्त्यको निर्णय सरकारको निरंकुश कदम : चित्रबहादुर केसी

हिमालीसंचार संवाददाता
५०५ पटक

काठमाडौं – संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पुनस्र्थापित संंसदकोसमेत विरुद्ध रहँंदै आएको र संसदलाई विजनेस नदिइ अन्त्य गरेको आरोप जनमोर्चाले लगाएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संसद अधिवेशन अन्त्यको निर्णयलाई वर्तमान सरकारको अधिनायकवादी तथा निरंकुश कदम भनेर भत्र्सना गरिएको छ।

‘संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ। संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन्। उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं,’ जनमोर्चाले भनेको छ।

साथै प्रधानमन्त्री केपी शर्मा ओली देशलाई मध्यावधि निर्वाचनमा धकेल्न उद्दत रहेको आरोपसमेत जनमोर्चाले लगाएको छ। विज्ञप्तिमा लेखिएको छ, ‘ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हत्कण्डा अपनाउन तयार भएका छन्। ओलीको यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको छ।’ मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...