News Portal

संसद अधिवेशन अन्त्यको निर्णय सरकारको निरंकुश कदम : चित्रबहादुर केसी

हिमालीसंचार संवाददाता
४२९ पटक

काठमाडौं – संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पुनस्र्थापित संंसदकोसमेत विरुद्ध रहँंदै आएको र संसदलाई विजनेस नदिइ अन्त्य गरेको आरोप जनमोर्चाले लगाएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संसद अधिवेशन अन्त्यको निर्णयलाई वर्तमान सरकारको अधिनायकवादी तथा निरंकुश कदम भनेर भत्र्सना गरिएको छ।

‘संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ। संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन्। उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं,’ जनमोर्चाले भनेको छ।

साथै प्रधानमन्त्री केपी शर्मा ओली देशलाई मध्यावधि निर्वाचनमा धकेल्न उद्दत रहेको आरोपसमेत जनमोर्चाले लगाएको छ। विज्ञप्तिमा लेखिएको छ, ‘ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हत्कण्डा अपनाउन तयार भएका छन्। ओलीको यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको छ।’ मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...