News Portal

पटक पटक भूकम्पले ढलेको धरहरा फेरी ठडिदैछ

हिमालीसंचार संवाददाता
६०६ पटक

काठमाण्डौ – विस २०७२ वैशाख १२ गतेको महा भूकम्पले सुनधारा स्थित रहेको धरहरा ढलेपछि धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धरहरा ठडिन अन्तिम चरममा पुगेको छ।

धरहरा आगामी वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसैले धरहरा निर्माणमा खटिएका श्रमिकहरुलाई काम भ्याई-नभ्याई हरेक कामको चटारो छ ।

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार प्लास्टर सकेर रंग रौगन र बत्ती जडानको काम भइरहेका छन् । धराहराको गजुर पनि भर्खरै राखिएको छ । धरहराको फेदमा सिँढी बनाउने काम द्रुतगतिमा अधिबढी रहेको छ।

भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । धरहराको वरपरको २९ रोपनी जग्गामा विस्तारित धरहरा सुन्धारालाई समेटेर विशेष पार्क बनाउने सरकारी योजना अनुसार कुल बजेट ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले निर्माण द्रुत गतिमा विस्तार गरिरहेको छ।

सुनधाराको गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर पार्क बनाईएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ स्थल समेतको राम्रो  सुविधा हुने गरी निर्माण भइरहेको छ ।

पार्कतर्फको काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले आगामी वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र संरचना अत्याधुनिक सुविधा सम्पन्न रहेको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । विस १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको धरहरा प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट समेत रहने छ ।

निर्माणाधीन धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी अत्यआधुनिक लिफ्ट हुनेछ । पुरानो भग्नावशेष धरहरा रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने विशेष योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...