News Portal

  • यौन जीवनका स्वार्थी पार्टनर: यी १० संकेतले साथीको स्वार्थ पत्ता लगाउन सक्छ !

    हिमालीसंचार संवाददाता
    ४९४ पटक

    यौन आफैँमा सुन्दर चीज हो। यो दुई व्यक्तिलाई नजिक ल्याउने एउटा माध्यम पनि हो। यसले श्रीमान् श्रीमतीबीचको सामिप्यता र आत्मीयता बढाउँछ। यो शारीरिक सामिप्यता मात्रै नभएर मानसिक पुनर्ताजकीकरणको लागि समेत उपयोगी हुने गर्छ।

    तर कहिलेकाँही दुवै साझेदारको बराबर आनन्द र मनोवैज्ञानिक रूपमा फाइदा पुर्‍याउने यौन कहिलेकाहीँ एकतर्फी नोक्सानीको कारक पनि बन्न सक्छ। जहाँ एक पार्टनरले अर्को पार्टनरको आवश्यकताहरूलाई लगातार बेवास्ता गर्छ, त्यहाँ समस्या उत्पन्न हुन सक्छ।

    यसको अर्थ कुनै स्वार्थी पार्टनर भयो भने त्यसबाट पर्याप्त आनन्द पाउन सकिँदैन। यहाँ हामी १० संकेतहरूको बारेमा बताउँदैछौं जसले तपाईंको पार्टनर कत्तिको स्वार्थी छ भन्ने पत्ता लगाउन सहयोग गर्छ।

    १) यदि तपाईंको पार्टनर चाहन्छ कि जब उसलाई यौन सम्पर्कको चाहना भयो तब तपाईं तयार हुनुहोस्। यदि तपाईं मुडमा हुनुहुन्न र अस्‍वीकार गर्नुहुन्छ भने ऊ सिधै आफ्नो असन्तुष्टि जनाउँछ भने बुझ्नुहोस् तपाईंको पार्टनर स्वार्थी छ।

    २) तपाईंको पार्टनर केवल एक यौन पोजिसन मन पराउँछन्। केटा होस् या केटी यौन पोजिसनमा नयाँपनको खोजी गर्दैनन् र तपाईंले दिएको सुझाव पनि मन पराउँदैनन् भने पनि बुझ्नुहोस् तपाईंको पार्टनर स्वार्थी छन्/छिन्।

    ३) यदि तपाईंको पार्टनरले आफूलाई मुडमा ल्याउने काम पनि तपाईं आफैँले गर्दिए हुन्थ्यो जस्तो सोच्छ भने यसमा पनि स्वार्थीपना देखिन्छ।

    ४) महिलाको शरीर कहिलेकाँही मुडमा आउनको लागि केही समय लाग्छ। तर कहिलेकाहीँ पुरुषहरू आफू विस्तारामा आउने बित्तिकै महिला मुडमा आओस् भन्ने पनि चाहन सक्छन्। यदि यस्तो भयो भने यसमा स्वार्थ देखिन्छ।

    ५) यदि तपाईंको पार्टनर तपाईंसँग मुडमा हुँदा मात्रै राम्रो व्यवहार गर्छन् भने त्यसमा स्वार्थ छ भन्ने बुझ्दा हुन्छ। कोही पनि अरूबेलामा उदासीन हुने र मुडमा आएपछि जे गर्न पनि तयार हुन्छ भने उसमा स्वार्थ भरिएको थाहा हुन्छ।

    ६) कोही पनि मान्छे अरू समय सधैं व्यस्त हुन्छ र यौन सम्पर्कको क्रममा पनि फोरप्ले जस्ता पूर्वतयारीमा ध्यान नदिई सिधै यौन सम्पर्कलाई ध्यान दिन्छ भने उसमा पनि स्वार्थ भरिएको छ भन्ने बुझ्दा हुन्छ।

    ७) यदि तपाईंको पार्टनर तपाईं कस्तो सम्बन्ध चाहनुहुन्छ ? भन्ने बुझ्न नै चाहँदैन भने ऊ स्वार्थले भरिपूर्ण छ भन्न सकिन्छ।

    ८) यदि तपाईं आफ्नो पार्टनरको शरीरको प्रशंसा गर्नुहुन्छ भने मख्ख पर्ने र तपाईंको प्रशंसा गर्न कहिलै नजान्ने पार्टनर छ भने बुझ्नुहोस् ऊ स्वार्थी मान्छे हो।

    ९) तपाईंको पार्टनर आनन्द दिनमा होइन कि लिनेबारेमा मात्रै विश्वास गर्छ भने बुझ्नुहोस् कि ऊ स्वार्थी मान्छे हो। कसैले फोरप्लेको जिम्मेवारी छाडेर तपाईंको भरोसा छाड्ने साथी छ भने उसमा स्वार्थ रहेको बुझ्नुहोस्।

    १०) जब तपाई पार्टनरसँग यौन सम्बन्ध राख्नुहुन्छ, तब तपाईं आफ्नो साथीसँग कुनै प्रकारको आत्‍मीयताको महसुस गर्नुहुन्न वा यौन सम्पर्कलाई साथीले केवल शारीरिक सम्बन्धको रूपमा मात्रै लिएको छ र यसमा भावनात्मक कुनै आस्था छैन भने सम्झनुहोस् त्यहाँ प्रेमभन्दा बढी स्वार्थ हुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...