News Portal

गजुरमुखि जेभिको लापरबाही कारणले युवकको ज्यान गयो

हिमालीसंचार संवाददाता
४०८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको गजुरमुखि जेभि कन्ट्रक्सनले    सडकमा कल्भट बनाउने क्रम्मा ट्राफिक मुलक सचेताना तथा साईन  बोर्ड नराख्दा एक युवकको मृत्यु  भएको छ ।

रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका ४ स्थित भलुवा चोक नजिकै बनाउदै गरेको कल्भटमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को २७ प ६४५९  नम्बरको मोटरसाइकल साईकल दुर्धटना हुदा रंगेली नगरपालिका ३ मंगलवारे बस्ने २५ बर्षिया भोला शर्माको घटना स्थलमै मृत्यु भएको छ।

मोटरसाइकलमा पछाडी सवार रंगेली ३ बस्ने २४ बर्षका कसमिक मुर्मु घाइते भएको र उनको न्यूरो अस्पतालमा उपचार हुदै गरेको स्थानीय सुभाष सिग्देलले बताए । उनको बुबाका अनुसार शनिबार राती ९ बजे आफुले फोन गर्दा कर्सिया बजारमा रहेको उनले बताएका थिए । आईतबार बिहान ५ बजे स्थानीयले उक्त कल्भटमा देखेपछि आफुलाई खवर गरेको स्थानीयले सिग्देललाई जानकारी गराएका थिए । मृतकको एक छोरी र श्रीमती गर्भवती समेत रहेको उनका बुवा राजेन्द्र शर्माले बताए। 

गजुरमुखी जेभिले सडक फराकिलो पार्नका लागि साविक सडकलाई  दाँयाबाँयामा  उक्त कम्पनीले  पुरानो माटोलाई हटाएर नयाँ माटो हाल्नका लागि उक्त ठाउँमा अहिले तीन फिट गहिरो  बनाएर छाडेका कारणले समेत दुर्घटना बडदै गएको छ।  निर्माणाधीन सडकमा ३  महिना बितिसक्दा समेत उक्त ठाउँहरुमा समयमै नयाँ माटो नहाल्दा  धुमाउरो तथा साधुरो भएको सो सडकमा दुर्घटना निम्तियाउने सम्भावना बडदै  जाँदा समेत ठेक्क्दार कम्पनीहरुले कुनै चासो नदेखिएको मनोज पासवानले बताए। 

अहिले गजुर मुखिले हुलाकी सडक बनाउने क्रममा सुनवर्सी नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालिका भित्रको सडक निर्माणकार्य गरिरहेता पनि सो कम्पनीको लापरबाहीका कारणले दुर्घटनाको उच्च जोखिम बनाएर छाडेको छ।

दुई महिना अगाडी समेत सुनबर्सीको भेडुवाथान नजिकै विराटनगरको स्कुल बस सडकको दायाँबायाँ बनाएको खाल्डो पल्टिँदा १२ जना विधार्थी घाइते भएका थिए। यसरी दुर्घटना निम्त्याउने सम्धित ठेक्केदार कम्पनीलाई समयमै कार्वाही नगरे सो ठाउँमा अन्य दुर्घटना हुन सक्ने देखिन्छ। उक्त बिषयमा सम्बन्धित निकाले समयमै ध्यान दिन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...