News Portal

  • कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीले लिए विश्वासको मत, एमाले सांसदले गरे फ्लोर क्रश

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    काठमाण्डौ – एमालेबाट फ्लोर क्रश र नेपाली कांग्रेसको समर्थनका कारण कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वसको मत पाएका छन् । शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको हो ।

    नेकपा माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मत उनका लागि सुनिश्चित देखिए पनि एमालेबाट ४ मत चोर्न मुख्यमन्त्री शाही सफल भएका हुन् । एमालेले मुख्यमन्त्री शाहीको विश्वासको मतका विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

    हाल ३९ सदस्य कायम रहेको कर्णाली प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् । एमालेका सांसदको समर्थनविना शाही नेतृत्वको सरकार जोगिन सम्भव नै थिएन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...