News Portal

कैलालीमा विद्यालयको लेखापाल परिक्षामा मनोमानी, सह–प्रधानाध्यापकको छोरीलाई मोबाइल प्रयोग गर्न छुट

हिमालीसंचार संवाददाता
५५० पटक

जनक महरा/कैलाली – कैलालीको चुरे गाँउपालिका – ६ स्थित भगवती माबि कोट ढुंगेनीमा कर्मचारी भर्नामा मनोमानी भएको खुलेको छ। २०७७ चैत्र २८ लेखापालको परिक्षा सम्पन्न भयो। परिक्षामा जम्मा ४ जना सहभागी मध्ये ३ जनाले अन्याय भएको बताएका छन।

परिक्षाको गार्ड भएका विद्यालयका अध्यक्ष भगिराम सारु मगरले परिक्षामा सार्न, मोबाईल प्रयोग गर्न नपाईने भएपनी अध्यक्ष मगरले नै मोबाईल प्रयोग गरि हिसाब गर, सक्छौ भने कतैबाट सारेर लेख भनेको हुँदा मनोमानी भएको परिक्षामा सम्मेलित एक जनाले बनाएका हुन्।

बुझ्दै जाँदा परिक्षाबाट छनोटमा परेको व्यक्ति विद्यालयका सह–प्रधानाध्यापकको छोरी भएको र उसलाई परिक्षामा मोबाईल प्रयोग गर्ने, किताबबाट सार्न मिल्ने भनी पहिले नै जानकारी भएको र उसले माज्जाले सार्यो, हामी हेरेको हेरेई भर्यो…! परिक्षामा सहभागी अन्य तीन जनाले बताए।

तर सह–प्रधानाध्यापकले भने छोरीलाई लेखापाल पद छनोटमा मेरो कुनै हात नरहेको र झुटा आरोप लगाएको बताएका हुन्। विद्यालय व्यावस्थापन समितीका अध्यक्ष तथा परिक्षाका केन्द्राध्यक्ष भगिराम सारु मगरले मोबाईल परिक्षा हलमा लग्न दिएको र एक चोटी सबैलाई सार्न दिएको स्वीकार गरेका छन्। उनले भने,” मनोमानीको कुरा भने गलत हो, केही कमी कम्जोरी म बाट भएकै हो।

युवाहरुले भने परिक्षामा सार्न दिनु, बैठकमा बोलाउदा नआउनु तथा जे सक्छौ गर भन्ने शब्दले यसमा विद्यालय व्यावस्थापन समितीका अध्यक्षको मिलेमतोमा छनोट प्रक्रियामा होडबाजी गरेको हुनसक्ने भन्दै आरोप लगाएका छन्।

परिक्षा मर्यादीत भएन् फेरी गर्नुपर्ने भन्दै स्थानिय चुरे क्लबका युवा सचीव गणेश नाथ योगिले बताए। परिक्षा जस्तो कुरामा मनपरि भयो, गलती स्वीकार गरेर पुनः परिक्षा नगरे आफु आन्दोलन गर्नपछी नगर्ने स्थानिय युवाले आक्रोस व्यक्त गरेका हुन्।

त्यसरी कर्मचारी भर्ना गरिएको विषयमा विद्यालयका प्रधानाध्यापक भक्त बहादुर ऐरीसँग प्रतिक्रिया माग्दा उनले विद्यालयले कर्मचारी भर्नाको बिषयमा आफ्नोलाई नभई राम्रो र उष्कृटलाई छनोट गरेको बताए।

विद्यालयको अन्य कार्यक्रम रहेको हुँदा सूचना प्रकाशन गर्न पर्याप्त समय थिएन त्यसकारण समितीको बैठक अनुसार नै परिक्षा गरेको तथा अलि हतारमा परिक्षा गरिएको हो। उनले भने ,“ अलि हतार भए पनी कुनै मनोमानी नभएको हुँदा विद्यालय माथी झुटा आरोप लगाएको तथा विद्यालय व्यावस्थापन समिती, शिक्षक ,स्थानीय तथा परिक्षार्थीको बैठक बोलाएर छिट्टै समाधान गर्ने बताएका छन”।

(प्रकाश नाथ योगीको सहयोगमा)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...