News Portal

  • सरकारले दिएको पदक विषयमा सामाजिक संजालमा चौतर्फी आलोचना

    हिमालीसंचार संवाददाता
    ३२१ पटक

    काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएका व्याक्तिहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्। उक्त पदकको चौतर्फी आलोचना भइरहेको छ।

    नेपाल सरकारबाट प्राप्त पदकसहित सम्मानित व्यक्तिहरुले आफ्नो तस्वीर सामाजिक सञ्‍जालमा राख्दै खुशी व्यक्त गरे, जहाँ प्रदान गरिएको पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्शा थिएन। 

    संसदले समेत अनुमोदन गरेको उक्त नक्शामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि समेटिएको थियो । शुक्रबार वितरण भएको पदकमा नयाँ नक्शा नदेखिएपछि सामाजिक सञ्जालमा ‘चुच्चे नक्शा खै’ भन्ने प्रश्न उठिरहेको छ ।

    नयाँ नक्शा किन नराखेको भन्‍ने प्रश्‍नमा गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, ‘यो पोहोर सालकै पदक हो । कोरोनाका कारण दिन पाइएको थिएन । पोहोर पदकमा पहिल्‍यै छापिएर आइसकेकाले फेर्न मिलेन ।’ उनका अनुसार यो पदक २०७६ सालमा घोषणा गरिएको हो ।

    उनका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्शासहितको पदक प्रदान गरिने बताए । उनले भने, ‘आज बाँडिएको पदक पहिल्‍यै छापिएको हो । बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गर्ने बताए ।’

    विभूषित हुनेमा महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व.मदनमणि दीक्षित, पूर्वमन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा. डा. दिव्यासिंह शाह रहेका छन् ।

    यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा. सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्वितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका छन् ।

    नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिंदै आएको हो । गत वर्ष विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...

    ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

    काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्।...

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।...