आज : २०२६-०६-१४, आइतबार

पर्यटनमन्त्री भानुभक्त ढकाललाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा

मोरङ – मोरङको कानेपोखरीमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई स्थानीय युवाले कालो झण्डा देखाएका छन्।

“भ्रष्टाचारी मन्त्री मुर्दावाद, भ्रष्टाचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाब खोइ” लगायतको प्लेकार्ड बोकेका युवाहरूले मन्त्री ढकाल विरुद्ध चर्को नाराबाजी गरी कालो झण्डा प्रदर्शन गरेका थिए।

कानेपोखरी ६ स्थित रमाइलो बजारमा शुक्रवार माओवादी केन्द्रको युवा सङ्गठन वाइसीएल र नेपाली काँग्रेसको युवा सङ्गठन तरुण दलका कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्।

युवाहरूले चर्को नाराबाजीसहित कालो झण्डा देखाएपछि मन्त्री ढकाल बाटो परिवर्तन गरी कार्यक्रम स्थल गएका थिए। मन्त्री ढकाल नेकपा एमाले ओली समूहको कानेपोखरी गाउँ कमिटीका नवगठित सदस्यहरूलाई शपथ ग्रहण गराउन कानेपोखरी आएका हुन्।