News Portal

पर्यटनमन्त्री भानुभक्त ढकाललाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा

हिमालीसंचार संवाददाता
४०१ पटक

मोरङ – मोरङको कानेपोखरीमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई स्थानीय युवाले कालो झण्डा देखाएका छन्।

“भ्रष्टाचारी मन्त्री मुर्दावाद, भ्रष्टाचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाब खोइ” लगायतको प्लेकार्ड बोकेका युवाहरूले मन्त्री ढकाल विरुद्ध चर्को नाराबाजी गरी कालो झण्डा प्रदर्शन गरेका थिए।

कानेपोखरी ६ स्थित रमाइलो बजारमा शुक्रवार माओवादी केन्द्रको युवा सङ्गठन वाइसीएल र नेपाली काँग्रेसको युवा सङ्गठन तरुण दलका कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्।

युवाहरूले चर्को नाराबाजीसहित कालो झण्डा देखाएपछि मन्त्री ढकाल बाटो परिवर्तन गरी कार्यक्रम स्थल गएका थिए। मन्त्री ढकाल नेकपा एमाले ओली समूहको कानेपोखरी गाउँ कमिटीका नवगठित सदस्यहरूलाई शपथ ग्रहण गराउन कानेपोखरी आएका हुन्।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...