News Portal

अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा सुर्खेतका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्दै

हिमालीसंचार संवाददाता
४२६ पटक

काठमाडौं – नेपाली पारा ब्याडमिन्टन खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। सुर्खेतका १८ वर्षीय प्रकाश अधिकारीले युएईमा हुने तेस्रो फाज्जा दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

मार्च २७ देखि अप्रिल ५ सम्म दुबईको शाबब अल अहली दुबई क्लबमा हुनेछ। प्रकाश शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन्। प्रकाशलाई बिहीबार नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सुवास श्रेष्ठलगायतले बिदाई गरेका थिए।

प्रकाश अधिकारीको मात्र नभई नेपाल पारा ब्याडमिन्टनको पनि यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता भएको संघका अध्यक्ष श्रेष्ठले बताए। रामजीबहादुर श्रेष्ठ एसियन पारा ब्याडमिन्टनका समेत अध्यक्ष हुन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...