News Portal

नगरपालिकाले विधालय भवन हस्तान्त्रण, विद्यालयलाई आवश्यक सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
५१२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको कटहरी गाउपालिका–४ स्थित श्री आधारभुत विद्यालय खैरवनालाई गाउपालिकाले नया भवन निमार्ण सहित विभिन्न संघसंस्थाहरुले विद्यालयलाई चाहिने आवश्यक भौतिक सामाग्री  हस्तान्तरण गरेका छन ।

कटहरी गाउपालिकाले विद्यालय परिसरमा दुईकोठे पक्कि भवन निमार्णगरी हस्तान्तरण गरेको छ। कुल १८ लाख रुपैयाको लागतमा निमार्ण भएको सो भवनको गाउपालिकाका अध्यक्ष रामकुमार कामतले उद्घाटन गरेका थिए । विराटनगर प्राइम राउण्डले टेवल १० सो विद्यालयलाई ६६ थान डेक्सवेञ्च हस्तान्तरण गरेको छ । 

मोरङ व्यापारसंघका अध्यक्ष प्रकास मुदंडाले साढे तिनलाख वरावरको सो फनिर्चर समाग्री विद्यालयका प्रधानाध्यापक वलवहादुर वस्नेतलाई हस्तान्तरण गरेका थिए। स्थानीय समाजसेवी विद्यानन्द माझीले आफना वुवा आमा वद्रिनारायण माझी र सहरीदेवी माझीको स्मृतिमा जेहन्दार बिधार्थीहरुका लागि अक्षयकोष समेत स्थापना  गरेका छन । १ लाख ५१ हजार वरावरको सो कोषवाट वार्षिक रुपमा विद्यालयका जेहेन्दार   बिधार्थीहरुलाई पुरस्कृत गरिने प्रधानाध्यापक वस्नेतले बताए ।

 

कार्यक्रममा वोल्दै गाउपालिका अध्यक्ष रामकुमार कामतले छोराछोरीमा भेदभाव नगरी निरन्तर विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्नु भयो । मोरङ  व्यापारसंघका अध्यक्ष प्रकास मुदंडाले गरिव तथा दलित विधार्थी अध्यनरत यस विद्यालयलाई राउण्ड टेवलले निरन्तर सहयोग गर्दै आएको वताउनु भयो । विद्यालयका प्रधानाध्यापक वलवहादुर वस्नेतले दरवन्दि अनुसार सिक्षक नहुदा अध्ययन अध्यापनमा समस्या हुने गरेको भन्दै त्यसतर्फ गाउपालिकाको ध्यान जानु पर्ने वताउनु भयो । 

कार्यक्रममा राउण्ड टेवलका अध्यक्ष अमित सारडा समाजसेवी विद्यानन्द माझी तथा राधे कामतले विद्यालयको सैक्षिक प्रगतीका लागि सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । वालकक्षा देखि कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा २ सय ४५ दलित विधार्थी सहित करिव ५ सय विधार्थी अध्ययनरत ररेका छन ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...