News Portal

नगरपालिकाले विधालय भवन हस्तान्त्रण, विद्यालयलाई आवश्यक सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
४९७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको कटहरी गाउपालिका–४ स्थित श्री आधारभुत विद्यालय खैरवनालाई गाउपालिकाले नया भवन निमार्ण सहित विभिन्न संघसंस्थाहरुले विद्यालयलाई चाहिने आवश्यक भौतिक सामाग्री  हस्तान्तरण गरेका छन ।

कटहरी गाउपालिकाले विद्यालय परिसरमा दुईकोठे पक्कि भवन निमार्णगरी हस्तान्तरण गरेको छ। कुल १८ लाख रुपैयाको लागतमा निमार्ण भएको सो भवनको गाउपालिकाका अध्यक्ष रामकुमार कामतले उद्घाटन गरेका थिए । विराटनगर प्राइम राउण्डले टेवल १० सो विद्यालयलाई ६६ थान डेक्सवेञ्च हस्तान्तरण गरेको छ । 

मोरङ व्यापारसंघका अध्यक्ष प्रकास मुदंडाले साढे तिनलाख वरावरको सो फनिर्चर समाग्री विद्यालयका प्रधानाध्यापक वलवहादुर वस्नेतलाई हस्तान्तरण गरेका थिए। स्थानीय समाजसेवी विद्यानन्द माझीले आफना वुवा आमा वद्रिनारायण माझी र सहरीदेवी माझीको स्मृतिमा जेहन्दार बिधार्थीहरुका लागि अक्षयकोष समेत स्थापना  गरेका छन । १ लाख ५१ हजार वरावरको सो कोषवाट वार्षिक रुपमा विद्यालयका जेहेन्दार   बिधार्थीहरुलाई पुरस्कृत गरिने प्रधानाध्यापक वस्नेतले बताए ।

 

कार्यक्रममा वोल्दै गाउपालिका अध्यक्ष रामकुमार कामतले छोराछोरीमा भेदभाव नगरी निरन्तर विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्नु भयो । मोरङ  व्यापारसंघका अध्यक्ष प्रकास मुदंडाले गरिव तथा दलित विधार्थी अध्यनरत यस विद्यालयलाई राउण्ड टेवलले निरन्तर सहयोग गर्दै आएको वताउनु भयो । विद्यालयका प्रधानाध्यापक वलवहादुर वस्नेतले दरवन्दि अनुसार सिक्षक नहुदा अध्ययन अध्यापनमा समस्या हुने गरेको भन्दै त्यसतर्फ गाउपालिकाको ध्यान जानु पर्ने वताउनु भयो । 

कार्यक्रममा राउण्ड टेवलका अध्यक्ष अमित सारडा समाजसेवी विद्यानन्द माझी तथा राधे कामतले विद्यालयको सैक्षिक प्रगतीका लागि सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । वालकक्षा देखि कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा २ सय ४५ दलित विधार्थी सहित करिव ५ सय विधार्थी अध्ययनरत ररेका छन ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...