News Portal

नौ जिल्लाले अझै पठाएन कांग्रेसको क्रियाशील सदस्यताको विवरण

हिमालीसंचार संवाददाता
३६५ पटक

काठमाडौं – नेपाली कांग्रेसमा हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छ। क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई यसबारे ब्रिफिङ गरेका हुन्।

संयोजक लेखकका अनुसार हालसम्म २ लाख १२ हजार ५ सय १९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ भने, १ लाख ८० हजार २ सय ७५ नयाँ वितरण भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रले नयाँ वितरण तथा जिल्ला कार्यसमितिले सदस्यता नवीकरणको तथ्यांक केन्द्रमा पठाउने जिम्मेवारी पाएको छ। तर हालसम्म २ सय ७ ठाउँबाट तथ्यांक इन्ट्री भएको र ६९ ठाउँबाट सुरु नै नभएको लेखकले बताए।

उनका अनुसार बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा आएको छैन। जबकी महाधिवेशन कार्यतालिका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नविकरणको सबै तथ्यांक चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो।

समयमै यो काम नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय छ। लेखकका अनुसार अहिले यो निर्णय लिइहाल्ने अवस्था छैन। ‘समस्याहरुबारे बताएको छु, उहाँहरुले छलफल गरेपछि एउटा टुंगोमा पुग्छौं’ संयोजक लेखकले भनेका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...