News Portal

पोखरा विमानस्थलका लागि रिठ्ठेपानी डाँडा कटानको लागि अनुमति दियो

हिमालीसंचार संवाददाता
३५६ पटक

काठमाडौं – पोखरा विमानस्थलमा अवतरण गर्न जहाजहरुको सुरक्षाका लागि धावनमार्गको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाको कटान गर्नुपर्ने भएपछि सो डाँडामा रहेका रुख कटानको आदेश नआउँदा काम रोकिएको थियो । मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवे स्ट्रिपको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेको छ।

नेपाल सरकारको प्रवक्ता पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारको २० फागुनको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो डाँडामा ररेका १ सयदेखि डेढ सय रुख काट्नु पर्ने अनुमान गरिएको थियो। 

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘रुख धेरै छैनन्, अनुमति आएसँगै अब कामले गति लिन्छ ।’ यो विमानस्थलबाट उडान तथा अवतरणका लागि ठूला जहाजले धावनमार्गको दुवै साइड प्रयोग गर्न सक्ने छैनन् । जहाज उड्ने र अवतरण गर्ने दिशामै पर्ने यो डाँडो कटान गर्नुपर्ने भएको हो। 

प्रतिकृया दिनुहोस्

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...