News Portal

गुटगत भेला गर्नेलाई स्पष्टीकरण !

हिमालीसंचार संवाददाता
३८३ पटक

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने बताएका छन्। नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत चेतावनी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको आरोप लगाए।

‘नेतृत्वलाई खुइलाउने, सरकार पार्टीको बदनाम गराउने नियतले भएको उक्त भेला मैले र महासचिवले नगर्न निर्देश गर्दागर्दै गरेकाले त्यसको निन्दा गर्दछौं,’ उनले भने, ‘निर्लज्जापूर्वक कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेला आयोजना गर्ने अगुवालाई स्पष्टीकरण सोधिनेछ। आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’

प्रधानमन्त्री ओलीले सरकारले संसदलाई बिजनेस दिएन भन्ने कुरा गलत भएको दाबी गरे। उनले आफ्नोे राजीनामा माग्नेहरुले संसदमा अविश्वास प्रस्ताव ल्याए हुने बताए। ‘राजीनामा माग्नेहरुलाई म मन नपरेको हो भने अविश्वासको प्रस्ताव ल्याए हुन्छ। तर सरकारविरुद्ध त्यो आउने स्थिति देखिँदैन।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...