News Portal

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

हिमालीसंचार संवाददाता
३८७ पटक

काठमाडौं – नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज ११औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदानको स्मरणमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन्।

कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो भने, राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेकाबेला १९८१ सालमा भारतको टेडीमा उहाँको जन्म भएको थियो। नेपाली राजनीतिमा अतुलनिय योगदान दिनुभएको कोइराला ५ पटक प्रधानमन्त्री बनिसक्नु भएको थियो।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको विशेष योगदान रहेको छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...