News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साप्ताहिक राशिफल : २०७५ साल  आश्विन ६गते शनिवार, तदअनुसार सेप्टेम्बर २२,२०१८

    हिमाली संचार संवाददाता
    ४४० पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । राज्यबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग आकासे नीलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

    वृष
    राज्य बाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग हरियो वा घ्युरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मिथुन
    विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याकंन हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सिन्दुरे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    कर्कट
    पारिवारिक समस्या आइपर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । साताको अन्त्यमा शुभकार्यको चर्चा चल्नेछ । तार्किक क्षमता बढ्ने तथा परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    सिंह
    राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

    कन्या
    सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । परिवारमा मायामा कमी आउने छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

    तुला
    सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

    वृश्चिक
    दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । सामान हराउने वा चोरी हुने भयछ । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शनगरी कार्य आरम्भ  गर्दा अधिक सफलता मिल्नेछ ।

    धनु
    धर्म/कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मकर
    परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अधुरो काम बन्नेछ । धार्मिक,सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कुम्भ
    विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मीन
    चोरबाट भय  रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । जीवनसाथी संग राय बाजिने छ । विहिवार बाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...