News Portal

आमाको स्मृतिमा डा. योगेन्द्रबहादुरद्वारा विधार्थीलाई छात्रवृत्ति (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४१० पटक

उर्लाबारी/तेजन खड्का – मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको बहुउद्देश्यीय शभाहलको भवन बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमवीच शभाहल शिलान्यास गरेका हुन् ।

नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमा उक्त भवन निर्माण गरिने विद्यालयका प्रधानध्यापक सुर्यमान सिरेङले जानकारी दिए । यस विद्यालयलाई सरकारले नमुना घोषणा गरे बमोजिम उक्त सभाहल निर्माणका अनुदान दिएको उनले बताए । 

सोही अवसरमा कक्षा–१२ मा अध्ययनरत छात्रा गरिमा ढुंगाना र कक्षा–९ मा अध्ययनरत चम्पा खनाललाई ‘पम्फादेवी स्मृति छात्रावृत्ती पुरस्कार’ प्रदान गरिएको छ । डाक्टर योगेन्द्र बहादुर गुरुङले आफ्नो आमा पम्फादेबि गुरुङको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन ।

माविस्तरमा उच्चतम अंक ल्याएवापत ढुंगाना र आधारभुत तहमा उच्चतम अंक ल्याएवापत खनाललाई पुरस्कार प्रदान गरिएको हो । ढुंगानालाई नगद १५ हजार तथा खनाललाई १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी रूपेश खतिवडाले स्थापना गरेको छात्रवृत्ति पुरस्कार विभिन्न कक्षाका १० जना बालबालिकालाई प्रदान गरिएको छ । कक्षा–१ देखि १० सम्म अध्ययनरत छात्रछात्राहरुलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पूर्व विद्यार्थी खतिवडाले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत तीन वर्षदेखि पुरस्कृत गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...