News Portal

  • खुवालुङका अभियान्ता पक्राउ, विनासर्त रिहाइ गर्न समितिको माग

    हिमालीसंचार संवाददाता
    ४३८ पटक

    अविन मावो/सुनसरी – खुवालुङ क्षेत्र संरक्षण समितिका अभियान्ता दिनेश काम्दुङ खम्बु र साजन राईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका अभियन्ता खुवालुङ संरक्षण समितिले विनासर्त रिहाइ गर्न माग गरेको छ । समितिकी सचिव दिला राईद्वारा हस्ताक्षर जारी विज्ञप्तिमा निदेश र साजनलाई विनासर्त २४ घटाभित्रमा रिहाइ गर्न प्रहरी प्रशासनलाई अल्टिमेटम समेत दिएकी छिन्।

    खुवालुङ संरक्षण समितिका सदस्य समेत रहेका दिनेश र साजनलाई सुनसरीस्थित चताराका जेटबोट सञ्चालकहरुको उजुरीमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।जेटबोट सञ्चालकहरुले अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा रहेको खुवालुङ क्षेत्रमा जेटबोट लैजान नमान्दा जेटबोट सञ्चालक र दिनेशबीच सामान्य विवाद भएको समितिले जनाएको छ ।

    ‘खुवालुङ क्षेत्रको संरक्षणको लागि देशको विभिन्न भूभागहरुबाट खुवालुङ क्षेत्र अवलोकन गर्न आएका अभियान्ताहरुलाई पानीबोट व्यवसायीहरुले खुवालुङ क्षेत्र लैजान नमान्दा भएको सामान्य विवादको विषयलाई लिएर खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य दिनेश काम्दुङ राई (खम्बु) र अभियान्ता साजन राईलाई छलफल गर्न भनी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा बोलाइ माथिको आदेश भन्दै छलफल गराउनुको सट्टा हिरासतमा राखी मुद्दाको प्रक्रिया अघि बढाएकोप्रति खुवालुङ क्षेत्र संरक्षण समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

    ‘उक्त विषयलाई सहज समाधान गर्नुको सट्टा विषयान्तर गरी सुनियोजित रुपमा षडयन्त्रमूलक ढंगबाट अभियानकर्मीहरुलाई राज्य प्रशासनले विभेदपूर्ण ढंगबाट पक्राउ गरिएको यस घटना हामी सम्पूर्ण सरोकारवाला पक्षका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन । यस किसिमको रबैयाप्रति खेद् व्यक्त गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ। 

    पक्राउ गरिएका अभियान्ताहरुलाई २४ घण्टाभित्रमा रिहाइ नगरे खुवालुङ संरक्षणका पक्षधर विभिन्न संघसंस्थाहरुले निर्णायक आन्दोलन गर्ने र सोबाट हुन सक्ने क्षति राज्य प्रशासनले लिनुपर्ने चेतावनी समेत उक्त विज्ञप्तिमा दिइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते आफ्नो समूहको विराटनगरमा आयोजित आमसभामा खुवालुङलाई लक्षित गरी उक्त ढुंगो क्रेनले फुटाएर जेटबोट चलाउन नदीको बाटो क्लियर गर्ने बताएपछि पहिचान पक्षधरहरुले खुवालुङ संरक्षणको अभियान तीव्र बनाएका थिए । निदेश र साजन सोही अभियानमा सक्रिय रहँदै आएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...