News Portal

जसपासँगको छलफल सकियो, जसपाको सम्पूर्ण मुद्धामा सरकार सकारात्मक

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीचको भेटवार्ता सकारात्मक रुपमा सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल सकारात्कम रूपमा अघि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

राजन भट्टराईका अनुसार जनता समाजवादी पार्टीले राखेका मागका विषयमा सरकार गम्भीर रहेको र उसले उठाएका मुद्दामा सरकार सकारात्मक छ।

माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहेका छन्। यहीँ सिलसिलामा पार्टीका प्रमुख ५ नेतासँग उनले बिहिबार साँझ छलफल गरेका हुन्।

प्रधानमन्त्रीसँग छलफलका लागि जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका थिए । उनीहरुले संविधान संशोधनलगायत आफ्ना पुराना मागमा सहमत हुने दलसँग मात्रै सहकार्य हुन सक्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...