News Portal

“ओली हटाऊ देश बचाऊ” भन्ने बाबुराम २४ घण्टा नबित्दै बालुवाटारमा

हिमालीसंचार संवाददाता
५५६ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे, ओली हटाऊ देश बचाऊ। उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन्।

डा.भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्। सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन्। किन नबुझेको ?’

डा.भट्टराईले उक्त ट्वीटमा “ओली हटाऊ देश बचाऊ” नारालाई “ह्यासट्याग”मा राखेका छन्। ट्वीटरमा बाबुरामले उठाएका दुई प्रश्न जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको ओलीप्रतिको आशक्तिप्रति लक्षित रहेको बुझ्न कठिन छैन। तर उक्त ट्वीटको २४ घण्टा पनि बित्न नपाउँदै उनी महन्थ ठाकुरकै साथ लागेर बालुवाटारमा जान लागेका हुन्।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...