News Portal

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको चहलपहल(फोटो फिचर)

हिमालीसंचार संवाददाता
५५७ पटक

काठमाण्डौ – हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक पर्व महाशिरात्री यो वर्ष भोलि बिहिबार परेको छ। पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रदेखि साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ।

हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागदेखि साथै भारतबाट समेत साधुसन्तहरु यस क्षेत्रमा आउने गर्दछन्।

पशुपतिमा आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन रहेको छ।  शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ।

पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरि शिवरात्रीको तयारी पुरा भएको जानकारी दिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रीमा पहिलेको तुलनामा चहलपहल कमै देखिएको छ। साधुहरू पनि कमै मात्रामा आएका छन्।

पशुपति मन्दिर परिसरलाई सिँगारेर झकिझकाउ बनाइएको छ। मन्दिर परिसरमा सरसफाइ गरिएको छ। बिहीबार बिहानदेखि नै पूजा गर्नेहरुको भीड लाग्ने हुनाले त्यसको पनि व्यवस्था मिलाइसकिएको पशुपति विकास कोषले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...