News Portal

  • सुनसरी समाज युएईकी अध्यक्ष आचार्यको भव्य विदाई

    हिमालीसंचार संवाददाता
    ३५८ पटक

    रामप्युर ढुंगेल/एइ – युएईको सक्रिय सामाजिक जिल्ला स्तरीय संस्था सुनसरी समाज युएईले आफ्नो अध्यक्ष देविका आचार्यलाई फेब्रुअरीमा ५ तरिख विदाई गरेको छ ।

    दुबईको लुम्बिनी गेस्ट हाउसमा आयोजित विदाइ कार्यक्रममा सुनसरी समाजका पदाधिकारी तथा शुभेच्छुकहरुले दोसल्ला ओडाएर मायाको चिनो उपहार दिएर एक समारोहबीच विदाइ गरेका हुन । बिदाई कार्यक्रममा सुनसरी समाज युएईका संस्थापक रोहित बस्नेत, उपाध्यक्ष तिलक कार्की, कोसाध्यक्ष सरु कटवाललगायतले अध्यक्ष आचार्यको योगदानको चर्चा गर्दै भब्य तरिकाले बिदाई गरेका थिए ।

    वैदेशिक रोजगारीको क्रममा युएईमा कार्यरत सुनसरीका बासिन्दाहरुको सुखदुःखको सहयात्री संस्था सुनसरी समाज युएईको गत वर्षको फेब्रुअरीमा २१ तारिख सप्पन्न पहिलो अधिवेशनले सर्वसम्मत अध्यक्षमा देविका आचार्यलाई चुनेको थियो ।

    वैदेशिक रोजगारीको लागि चार वर्ष अगाडि युएई आएकी आचार्य यसअघि कुवेतमा पनि लामो समय रोजगारीकै सिलसिलामा बसेकी थिइन् ।

    युएईका नवीनतम जिल्ला स्तरीय समाजहरुमा पर्ने सुनसरी समाज युएईले आचार्यलाई अध्यक्षमा पाएपछि कोरोना भाइरसको फैलावटले विश्व नै प्रभावित भएको थियो । यस्तो विषम परिस्थितिमा पनि नेपाली समाज युएईको नेतृत्वमा भएको राहत तथा उद्वार समितिमा रहेर सुनसरी समाज युएईले कोरोना प्रभावित नेपालीहरुलाई खाद्यान्न वितरण तथा राहत उपलब्ध गराउन, बिचल्लीमा परेका नेपालीहरुलाई स्वदेश फर्काउन, एक जना सुनसरीबासी महिलालाई नि:शुल्क हवाई टिकट उपलब्ध गराउन सहयोग गरेको विदाइ कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

    सोही कार्यक्रममा युएईको पहिलो सामाजिक संस्था नेपाली समाज युएईले पनि आचार्यलाई सम्मान पत्रका साथमा बिदाई गरेको नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले बताएका छन् ।

    बिदाइ कार्यक्रममा मन्तव्य दिदै नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले सुनसरी समाज युएईका अध्यक्ष आचार्यको स्पष्ट कार्यशैली, प्रष्ट विचार र सहयोगी भावनाको उच्च मुल्यांकन गरेको बताएका छन् । कोरोना प्रभावित महिनाहरुमा अजमान क्षेत्रमा रहेका नेपालीहरुलाई राहत वितरणमा सुनसरी समाज युएईले सक्रिय र उदाहरणीय भुमिका निर्वाह गरेको बताएका छन् ।

    आफ्नो देशमा व्यावसाय गर्ने उदेश्य लिएर नेपाल फर्किन लागेकी अध्यक्ष आचार्यले आफ्नो कार्यकालमा साथ, सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । अध्यक्ष आचार्य फेब्रुअरी ६ तारिख शनिबार नेपाल एयरलाइन्समार्फत नेपाल फर्कदै छिन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...