News Portal

प्रचण्ड दोस्रोपटक नेकपाको संसदीय दलको नेतामा चयन

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षकको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको हो।

गत पुस ५ प्रतिनिधिसभा भंग भएलगत्तै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको थियो। तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले फेरि उनलाई दलको नेतामा चयन गरेको हो।

संसदीय दलको नेतामा चयन भएपछि प्रचण्डलाई सांसद्हरुलाई धन्यवाद दिएका थिए। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित बनेको थियो।

तर, फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि दुई खेमामा बाँडिएको नेकपा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने कसरतमा जुटेका छन्।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...